समाचार

    Showing 7,621-7,630 of 8,686 items.
  • अपाचे आर.टि. आर २००४ भि को नयाँ संस्करण सार्वजनिक

    टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आर।टि।आर 200 ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइवेट लिमिटेड ले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै डिजिटल नेसनल लन्च पछि ,रिजनल लन्च अन्तर्गत यो मोटरसाइकल आज पूर्वका शोरुममा सार्बजनिक गरियो ।टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रे

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा थप एक प्रहरी सहित ४ जनामा कोरोना पुष्टि

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत एक प्रहरी सहित इटहरी उपमहानगरमा ४ जनामा कोरोना संक्रमण पुस्टी भएको छ ।गत साउन ३१ गते पिसिआ रद्वारा स्वाव संकलन गरी ल्याब पठाइएका मध्ये ७ जनाको रिपोर्ट आउन बाकि रहेकोमा ३ गते प्राप्त रिपोर्ट अनुसार ४ जनामा कोरोना संक्रमण पुस्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इञ्चार्ज राम कुमार धमलाले बताए । इटहरी उपमहानगरपालिका वडा ४ का एकजना २५ वर्षिय पुरूष , इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी र प्रहरी कार्यालय परिषर भित्र रहेको २ जना थुनुवा सहित इटहरीमा ४ जनालाइ कोरोना संक्रमण पुस्टी भएको उनले बताए । ४ जना संक्रमितहरू थपिएसंगै इटहरीमा कोरोनाबाट संक्

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी मोरङकी एक वृद्धाको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेकी मोरङ कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । मोरङ बुढीगङगा २ की एक ६७ बर्षीया वृद्धाको सोमबार राती मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेजबाट रेफर भएर आएकी थिइन । सोमबार साँझ ४ः४५ वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रिफर गरेको थियो । मृतक वृद्धालाई दिर्घकालिन रोग मुटुको उपचार भईरहेको डा।सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु

    धरान / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ। विक्रम संवत १९९६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्। घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १ जनाको मृत्यु

     दुहबी /सुनसरीको बर्जु गाउँपालिका-५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,067 पटक पढिएको
    • "चन्दन रौनियार"
  • कोरोनाको कहर वीच कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन ।

    धरान/ कुशे औशी तथा बुवाको मुख हेर्ने दिन हिन्दुहरुका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरुका लागि महत्वपूर्ण पर्व हो । तर यस वर्ष कोरोनाको कहरका कारण सधैको वर्ष भन्दा खल्लो भएको छ । लकडाउनका कारण सँगै बस्ने बाहेक अन्य नगरमा हुने हरुले बुवालाई भेटेर मुख हेर्न पाएनन् । आमा र बुवाको मुख हेर्ने दिन मनाउने प्रचलन साहै नै महत्वपूर्ण छ । कुशे औशी र बुवाको मुख हेर्ने दिन पारिवारिक मर्यादाका र सामाजिक सद्भाव दृष्टीकोणले पनि महत्वपूर्ण छ । कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पर्दछ । पुरोहित बाजेलाई यजमानहरुकोमा कुश पु¥याउन जान पनि गाह्रो भएको छ । जनमान्हरुले प

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,134 पटक पढिएको
    • " – मोहन श्रेष्ठ"
  • विराटनगरमा स्वाब संकलन पुनः सूचारु

    विराटनगर । विराटनगरमा रोकिएको स्वाब संकलन मंगलबारबाट शुरु भएको छ । तीन दिनअघि खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकिएको थियो ।महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार नयाँ मेडिकल टिमले पुनः स्वाब संकलन सुरु गरेको छ । महानगरले आफ्ना तीनवटा आईसोलेसन सेन्टरमा संक्रमितलाई राखिरहेको छ । बैजनाथपुर, मारवडी सेवा सदन र कालिमन्दिरको कालि सेवा सदनमा आईसोलेसन बनाइएको छ । महानगरबाट दैनिक २ सयसम्म वाब संकलन हुन्छ ।

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने

    विराटनगर, १ भदौ । प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १ सय ३९ संक्रमित थपिए

    विराटनगर, २ भदौ । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थान

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

    विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 701 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved