धरान । स्थानीय प्रशासनले लागु गरेको लकडाउनको पालना नगरेका कारण सुनसरीको विभिन्न स्थानमा मालवाहक सवारी साधनलाई प्रहरीले आइतबार विहानैदेखि नियन्त्रणमा लिएको छ ।
स्थानीय प्रशासनको निर्देशन विपरित मनपरी ढुगां, गिट्टी र वालुवा ओसारेर कोरोनाको संक्रमणको जोखिम वढाएको भन्दै प्रहरीले इटहरीको वुढी खोला, खनार चौक तथा तरहरामा विहानै देखी दर्जनौ टिपरलाइ नियन्त्रणमा लिएको हो ।
बढ्दो कोरोना संक्रमणलाइ नियन्त्रण गर्न स्थानीय प्रशासनले केही साता अघिदेखि सुनसरी जिल्ला भरीनै लकडाउन गरेको छ ।
लकडाउनका वेला निजि टिपरले वेलुका ८ वजेदेखी विहान ६ सम्म आफ्नो काम सक्ने स्थानिय प्रशासनले निर्देशन दिएपनि अटेर गरेका कारण नियन्त्रणमा लिनु परेको प्रहरीले जानकारी दिएको छ ।