रामधुनीका मेयरको विरुद्ध आएको समाचार प्रति गंभीरध्यानाकर्षण,भ्रममा नपर्न नगरवासीमा अपिल

  • जेठ २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकरलाल चौधरीको विषयमा सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आएको समाचारप्रति नगरपालिकाको नगरप्रमुख सचिवालयले गंभीर ध्यानआकर्षण भएको जनाएको छ ।

सचिवालयले विज्ञप्ती जारी गरेर मेयर चौधरीले ब्यक्तिगत प्रायोजनको लागि रामधुनीनगरपालकाको रकम होटल खर्च तथा भ्रमण खर्च लगायतको खर्चहरु नगरपालिकाबाट भुत्तानप् गराई अनियमितता गरेको समाचार प्रति आपत्ती जनाउँदै गंभीर ध्यानाकर्षण भएको जनाएको हो ।

नगर प्रमुखको सचिवालयका परशु लुईटेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“समाचार तथा सामाजिक सञ्जालमा उल्लेख भएका खर्चहरु नगर प्रमुखको निजी खर्चमा नभई नगरपालिकाको तथा नगरबासीको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक,धार्मिक,साँस्कृतिक अन्तरपालिका अवलोकन विकास निर्माणका लागि एकल तथा सामुयिक रुपमा गरिएको पहल कदमी अतिथी सत्कार,विभिन्न् मन्त्रालयमा सहभागिता जनाउने तथा सामुयिक रुपमा गरिएको पहलकदमी अतिथी सत्कार विभिन्न मन्त्रालयमा सहभागिता जनाउँन तथा डेलिगेसनमा जाँदा प्रशासनिक तथा कार्यक्रमगत रुपमा खर्च हुने गर्दछ। त्यस्ता खर्चहरु कतिपयमा पेश्की लिई पछि फछ्यौट हुने समेत गर्दछ।

त्यस्ता खर्चहरु स्वीकृत कार्यक्रम र बजेट अनुसार तथा निर्णया प्रचलित कानुनी ब्यवस्था अनुसार नै अनुमोदन हुने गर्दछन् ।आर्थिक क्रियाक्लापको नियमन र भुक्तानी दिने विषयमा प्रमुख कार्यकारी र लेखा अधिकृतमा रहने समेत सुचित गरिन्छ ।”

विज्ञप्तीमा रामधुनी नगरपालिकामा विगत बर्षहरु देखिनै फछ्यौट हुन बाकी रहेका बेरुजु रकमको कारण बेरुजु रकम ठुलो देखिएको भएतापनि रामधुनी नगरपालिका बेरुजु फछ्यौटको लागि तदरुत्ताका साथ लागि परेको समेत उल्लेख गरिएको छ ।

साथै नगरपालिकाले बार्षिक रुपमा भादगाउ सिनुवारी क्याम्पसलाई दिदैं आएको बार्षिक पचास लाख रकम तथा अन्य विद्यालय संघसंस्थालाई दिदैं आएको अनुदान रकम समेत महालेखा परिक्षकको प्रतिवेदनमा बेरुजु नै देखिएको र आर्थिक बर्ष २०८१/०८२ को महालेख परिक्षकको प्रतिवेदनमा उल्लेख असुल गर्नु पर्ने बेरुजु रकम यसै आर्थिक बर्षमा असुल उपर गर्ने उल्लेख गर्दै अन्य सैद्धान्तिक बेरुजी समेत फछ्यौट गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बेरुजु भनेको अनियमितता नभई रुजु हुन बाँकी रहेको र रामधुनी नगरपालिकामा मात्र नभई अन्यत्र समेत हुने गरेकोले महालेखा परिक्षकको प्रतिवेदनले देखाएका बेरुजुरु आवस्यक कागजात नभएकाले समेत हुने गरिएको भनिएको छ । कागजातहरु भएपछि ती बेरुजु फछर्यौट हुने भएकाले महालेखा परिक्षकको प्रतिबेदनले बेरुजु देखाउनु दोषी नै हो भनेर ठहर गरेको होइन भनेर विज्ञप्तीमा लेखिएको छ ।
यसर्थ सत्यतथ्यलाई छाडेर नगरप्रमुखले बेरुजुको रकम अनियमितता गरेको भन्ने आसयले आएको समाचारहरुले नगरप्रमुखको चरित्रहत्या गर्न खोजिएको भनेर जनाइएको छ ।

सचिवालले नगरप्रमुखको चरित्रहत्या गर्ने गरि आएको समाचार प्रकाशन प्रति गंभीर असहमित जनाएको छ । आम नगरवासीमा सन्चारमाध्यममा आएका समाचारप्रति भ्रममा नपर्न समेत अपिल गरिएको छ ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved