पुर्वमन्त्री घिमिरेको निधन : जसले नेपालमा कम्युनष्टि पार्टीिको पहिलो कार्यालय खोलेका थिए "विश्व राजनीति तथा आर्थिक क्षेत्रको जानकारी राख्ने स्वर्गीय घिमिरेलाई ‘डा.हेनरी किसिन्जर’ को उपनामले पनि चिन्ने गरिएको स्थानिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् "
- जेठ ९, २०७८
- "कोशीपत्र/संवाददाता"
पूर्वमन्त्री एवं समाजसेवी राधाप्रसाद घिमिरेको शनिबार राती कोरोना संक्रमणबाट निधन भएको छ ।९१ वर्षीय घिमिरेकोे विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो ।विराटनगर–२ निवासी स्वर्गीय घिमिरे २०३० सालको नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा शिक्षा एवं सञ्चार राज्यमन्त्री भएका थिए ।
उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् भने २४ वर्षको उमेरमै उनी नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य भएका थिए । स्वर्गिय घिमिरे नेपालमा कम्युनिष्ट पार्टिको पार्टि कार्यालय खोल्ने पहिलो ब्यक्तिपनि हुन् । उनी पुष्पलाल रायमाझि ,भारतमोहन अधिकारी,मनमोहन अधिकारीका सहयोद्धापनि हुन् । विभिन्न सामाजिक कार्य तथा नागरिक आन्दोलनमा सक्रिय घिमिरेलाई बिराटनगरमा ‘९० बर्षिया युवा’ भनेरपनि चिन्ने गरिन्थ्यो ।
नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्था आदि सामाजिक संस्थाहरुमा लामो समयसम्म रहेर उनले सामाजिक क्षेत्रमा सेवा पुर्यारएका थिए ।उनी स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाको नियमित पाठक पनि थिए । पायोनियर प्रेस नामक छापाखाना चलाएर उनले मुद्रण व्यवसायमा पनि समय बिताएका थिए ।
विश्व राजनीति तथा आर्थिक क्षेत्रको जानकारी राख्ने स्वर्गीय घिमिरेलाई ‘डा.हेनरी किसिन्जर’ को उपनामले पनि चिन्ने गरिएको स्थानिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घिमिरेको विषयमा विराटनगरका सोभान नेपालले फेसबुकमा यसरी लेखेका छन् ।
"मैले चिनेका बिराटनगरका हस्तिहरु"
~ श्रीराधा प्रसाद घिमिरे
बिराटनगर स्थित बुद्धिजीवीहरु को क्लब 'एलिट क्लब' का संस्थापक,
भुतपुर्व शिक्षा तथा सन्चार राज्य मन्त्री,
बि.पि कोइराला को against मा चुनाब लडेका ब्यक्ति,
पुस्पलाल संग बनारसमा नजिक भएका ब्यक्ति,
मातृका प्रसाद कोइरालाका प्यारा,
encyclopedia झै ज्ञान् का भन्डार,
वृद्ध उमेरमा पनि युवा झै पहाड नै ठेल्ने जोश जाँगर भएका,
शिष्ट, सालिन ब्याक्तित्व,
अनि मेरो प्रिय कान्छा मामा-राधा प्रसाद घिमिरे!
वहाँ मेरो Inspiration,
सानो देखि नै भान्जा धेरै कथाका किताबहरु पढ्नु हुदैन-non fiction पनि पढ्नु पर्छ भन्नू हुन्थ्यो,
Alvin Toffler होस या Francis Fukiyama-मैले मामा कै सुझाबमा पढे,
वहाँ जहिले मलाइ भेट्दा एउटै प्रश्न पहिले सोध्नु हुन्थ्यो-"शोभन बाबू, What are you reading right now?"
अनि अमेरिकी राजनिती देखि middle east हुँदै भारत र नेपाल को present scenario मा आएर टुंगिन्थ्यो हाम्रो गफ,
आमोद प्रसाद उपाध्याय अंकल ले मलाइ एकपल्ट flight मा सगै आउदा भन्नू भएको थियो-"बाबू! हामी तिम्रो मामाको प्रेसमा दैनिक झै जान्थ्यौ-केबल वहाँ को बिद्वतापुर्ण गफ सुन्न"
ट्रान्सपरेन्सी इन्टरनेसनलको बिराटनगर च्यापटर गठन हुँदा राधा मामा अध्यक्ष हुनुभयो अनि म पनि कोषाध्यक्ष हुने सौभाग्य पाए, लगभग एक दशक सम्म हामिले सगै 'भ्रस्टाचार बिरुद्ध को अभियान' चलायौ,
सोही समय डा.हर्क गुरुङ(जो ट्रान्सपरेन्सी इन्टरनेसनलको नेशनल अध्यक्ष हुनुहुन्थ्यो) लाई बिराटनगरको एउटा कार्यक्रममा आमन्त्रण गरेका थियौ,
डा.हर्क गुरुङ(जस्को नाममा नेपाल सरकार ले एउटा हिमाल कै नाम राखेर सम्मान गरेको छ) लाई लिन म एयरपोर्ट गएको थिए-मेरो पुरानो Van लिएर,
डाक्टर साब लाई receive गर्ने बित्तिकै वहाँ ले-"कोषाध्यक्षज्यु सबैभन्दा पहिले राधाबाबु लाई भेटौ" भन्नू भयो,
मैले पनि वहाँ लाइ सिधै राधा मामाको घर लगे,
अनि दुइजना सगै मन्त्री भएका मित्रहरु राजा महेन्द्र कालिन अवस्थामा फर्केर गफ गर्न थालेका थिए!
देबेन्द्र राज पाण्डे, एकपल्ट बिराटनगर आउँदा हामी लाइ भन्नू भएको थियो-"राधाबाबु मन्त्री हुँदा र म सचिब हुँदा अनि नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री हुदा एकपल्ट इन्दिरा गान्धी(भारतिय प्रधानमन्त्री) सग कुनै बार्ता गर्न गएका थियौ,
हाम्रो प्रधानमन्त्री नगेन्द्र बाबू बोल्दै नबोल्ने-बोल्ने काम जति सबै राधा बाबुले गर्नुहुन्थ्यो"
राधा मामा, कृष्ण भूषण बल अकल, पर्शु प्रधान दाइ, केदारमल तोदि अकल, रामबाबु दाहाल दाइ,दिनेश श्रेष्ठ दाइ र म बेला बेला get together गर्थ्यौ,
त्यो क्षण मलाइ बौद्धिक परिक्रमा को क्षण झै लाग्थ्यो!