“एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल सम्पन्न

  • जेठ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूबीच सञ्चालित प्रदेशस्तरीय वक्तृत्व प्रतियोगिता “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल चरण शनिबार सम्पन्न भएको छ।

धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा र्‍याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न सेमिफाइनलमा प्रतिस्पर्धा गरेका २२ जना मध्ये १५ जना विद्यार्थी फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।

फाइनलमा स्थान बनाउने प्रतिभाहरू

फाइनलमा पुग्न सफल विद्यार्थीहरूमा इटहरीको शिक्षादीप एकेडेमीकी समीक्षा पौडेल, धरानको लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राई, पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल रहेका छन्।

त्यस्तै, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी दिविका राई, पानबारीस्थित एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुलका निशान विश्वकर्मा, झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउत, इटहरीको बेबिलोन सेकेन्डरी बोर्डिङकी होमिता पोख्रेल, ब्लुम नेपाल स्कुलका शुभम पोख्रेल, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल,

धरानको भानु स्मृति मा.वि.की प्रतीक्षा तामाङ, के.के. इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, धरानकै जेम सेकेन्डरी बोर्डिङकी सन्जिना राई तथा सुनाखरी एकेडेमीकी नाबिया सरखाना रहेका छन्।

वक्तृत्वका विषय र निर्णय प्रक्रिया

प्रतिस्पर्धीहरूलाई “कृषिमा आत्मनिर्भरता: चुनौती कि सम्भावना?”, “युवाको विदेश पलायन: सपना कि बाध्यता?”, “नेपालमा स्वास्थ्य सेवा: सहुलियतमा उपचार कि व्यापार?”, “सामाजिक सञ्जाल: अवसर कि चुनौती?” र “वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी” शीर्षकमा १५ दिन अघिदेखि तयारी गर्न दिइएको थियो। सेमिफाइनलमा उनीहरूले गोलाप्रथाबाट शीर्षक छानेर बोल्ने अवसर पाएका थिए।

निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र शिक्षा सदन मा.वि.का अङ्ग्रेजी शिक्षक अशोक पोख्रेल रहेका थिए।

 पुरस्कार र उद्देश्य

प्रतियोगिताको फाइनल विजेताले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। फर्स्ट रनर–अपले २५ हजार, सेकेन्ड रनर–अपले १० हजार तथा सान्त्वना पुरस्कार विजेताले ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्था र्‍याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले भने, “एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाक्कलाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो।”

see

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved