भोजपुरको ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा

  • जेठ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

ऐतिहासिक किंवदन्ती र अद्वितीय प्राकृतिक स्वरूप बोकेको यो स्थल अझैसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन।

स्थानीयवासी पाण्डव राईका अनुसार परापूर्वकालमा गोल्मे राजा र रानी धनकुटाको राजारानीतर्फ जन्ती लिएर जाँदै गर्दा यसै भिरमा आइपुग्नेबित्तिकै अचानक सम्पूर्ण जन्ती अलप भएको जनविश्वास रहिआएको छ। यही किंवदन्तीको आधारमा यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको हो।

“यहाँ आज पनि जन्तीझैँ लहरै रहेका ढुङ्गाका आकृति, बाजागाजाको स्वरूप, राजारानी तथा घोडाको आकृति स्पष्ट देख्न सकिन्छ,” राईले भने।

स्थानीय राजेन्द्र राईका अनुसार उदयपुरको चौडण्डीगढीबाट जन्ती लिएर आएका राजा–रानी कलियुग सुरु हुन लाग्दा यहीँ अलप भएका भन्ने जनश्रुति छ। त्यसको प्रमाणस्वरूप ढुङ्गामा देखिने आकृतिहरूले किंवदन्तीलाई अझै प्रष्ट्याउने काम गर्छन्।

रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचार्यले भिरको काखमै रहेको गङ्गा खोलाको मुहान धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार त्यहाँ रहेका तीनवटा पानीका मुहान कहिल्यै नसुक्ने, वर्षात्मा पनि धमिलो नहुने र अद्वितीय ढंगले दक्षिणबाट उत्तरतर्फ बग्ने विशेषता बोकेको छ।

“धार्मिक विश्वास अनुसार यहाँ दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ,” अध्यक्ष आचार्यले भने, “यस्तो अनुपम प्रकृतिको ठाउँ अझै राष्ट्रियस्तरमा चिनिन नसक्नु दुखद हो।”

उनका अनुसार अहिले गाउँपालिकाले पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माणको योजना बनाइरहेको छ। तर भौगोलिक विकटता र न्यून सरकारी चासोका कारण सम्भावनायुक्त स्थल प्रवर्धनको पर्खाइमा छ।

स्थानीयबासीहरूले यस्तो ऐतिहासिक र सांस्कृतिक महत्वको ठाउँलाई संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

-रासस 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved