सुनसरी । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगरका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् ।
शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।