वीपीका उपकुलपति र रजिष्टार्ड बिच कमिशन विवाद "अक्सिजन प्लान्टमा खेलवाड"

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । भ्रष्टाचार र अनियमिततामा डुबेको धरान स्थिा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा पनि कमिशनमा मिल्न नसक्दा नागरिकको स्वास्थ्य सेवा माथि खेलवाड गरिरहेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मी बिच अक्सिजन प्लान्टको ठेक्कामा कमिसन मिल्न नसक्दा कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य उपचारमा खेलवाड भइरहेको छ ।

प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट बिग्रीएर कोभिड अस्पतालका बिरामीले अक्सिजन पाउन नसकेको गुनासो आइरहेको छ । सहज अक्सिजन आपुर्ति हुन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको प्रतिष्ठानमा माथि आरोप लाग्ने गरेको छ ।

तर प्रतिष्ठानका उपकुलपति गिरी र रजिष्टार्ड रेग्मी कमिशनको खेल नमिले सम्म प्लान्टको समस्या समाधान गर्ने तर्फ अग्रसर नहुने देखिएको छ । स्रोतका अनुसार अक्सिजन प्लान्टले काम गरिरहेको छ, तर केही प्राविधिक त्रुटि हुँदा मर्मतमा दुवै पक्ष मौन रहने गरेका छन् ।

प्राविधिक त्रुटि देखिने बित्तिकै एकले अर्कालाई आरोप लगाएर काम गर्ने वातावरण नबनाउने गरेको स्रोतको भनाई छ ।
प्रतिष्ठानका एक विभागीय प्रमुखका अनुसार अक्सिजन प्लान्टको ठेकेदार कम्पनी सँग उपकुलपति गिरीले १० लाख रुपैया कमिशन मागेका थिए ।

प्रतिष्ठानले अक्सिजन प्लान्ट मर्मतको जिम्मा डाग्नोकेन इन्टरनेसनललाई दिएको छ । यसका ठेकेदार विज्ञान अर्याल हुन् । ठेकेदार कम्पनीलाई २५ लाख रुपैया भुक्तानी भइसकेको छ ।

भुक्तानीका लागि चेक समेत तयार भइसकेको अवश्थामा पुनः ठेकेदार कम्पनी सँग रजिष्टार्ड रेग्मीले १५ लाख रुपैया कमिशन माग गरेका थिए । पहिले नै उपकुलपतिले कमिशन माग गरेका हुनाले रजिष्टार्डले नपाउने देखिए पछि अक्सिजन प्लान्टमा कृतिम खराबी देखाउने गरेको उनको दाबी छ ।

उनले भने, ‘मेशिनरी सामान हो, बिग्रन्छ, तर त्यसलाई बनाउने तर्फ कसैको ध्यान जादैन्, किनकी दुवैलाई कमिशन पुगेको छैन्, बिग्रना साथ नयाँ ल्याउने तयारीमा हुन्छन्, त्यसमा भ्रष्टाचार गर्न पाइन्छ ।’

अक्सिजन प्लान्टमा खराबी देखाउँदै ठेकेदार कम्पनीलाई बनाउन लगाउने अनि कमिशनको खेल हुने गरेको उनको दाबी छ ।
अक्सीजन प्लान्टमा कृतिम समस्या देखाएर बिरामीको स्वास्थ्य माथि पदाधिकारीले खेलवाड गरिराखेको उनी बताउँछन् । अहिले भइरहेको समस्या सबै कमिशनमा मिल्न नसक्दाको परिणामनै रहेको उनको भनाई छ ।

प्रतिष्ठानका उपकुलपति र रजिष्टार्ड बिचको मनमुटाव अहिले देखिको होइन् । रजिष्टार्ड रेग्मी नियुक्ति भएर आएको ३ महिनामै उपकुलपतिले केही आर्थिक अधिकार कटौति गरिदिए पछि उनीहरु दुवै बिच दुरी बढेको थियो ।

दुवैको मिलेमतो नभई आर्थिक लाभ लिन नसक्ने बुझे पछि पछिल्लो समय मिलेका थिए । कमिशनको लोभ बढ्दै गए पछि अहिले जनताको स्वास्थ्य उपचारमै उपकुलपति र रजिष्टार्डले खेलवाड गरिरहेका छन् । यस विषयमा जानकारीका लागि प्रतिष्ठानका उपकुलपति र रजिष्टार्ड सँग सम्पर्क गर्न खोज्दा दुवै जना सँग सम्पर्क हुन सकेन् ।

प्रतिष्ठानले दुई वर्ष अघि करिब ३ करोड रुपैयाको लागतमा नयाँ अक्सिजन प्लान्ट खरिद गरेको थियो । तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियारको समयमा खरिद गरिएको प्लान्ट ५ वर्ष ग्यारेन्टी रहेको थियो ।

अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको प्रतिष्ठानले जनाएको छ । एक घण्टामा १० वटा सिलिण्डर भर्न सकिने बुस्टर क्षमता छ भने दिनमा ६० वटा सिलिण्डर भर्न सकिने प्रतिष्ठानको दाबी छ ।
अहिले पनि १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्न सकिने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेल बताउँछन् ।

केही दिन देखि निरन्तर संचालन हुँदा केही समस्या आए पनि बिरामीलाई अक्सिजनको कमी हुन नदिएको उनको भनाई छ । उनले भने, ‘करिब १ महिना देखि २४ सै घण्टा मेशिन चलिरहेको छ, रेष्ट पाएको छैन्, त्यही भएर केही समस्या देखिएको हो, तर अक्सिजनको अभाव भएको छैन् ।’ कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिन वैकल्पीक व्यवस्था समेत रहेको उनले बताए ।

प्रतिष्ठानमा थ्रि लेभलको १ सय बेडको कोभिड अस्पताल संचालनमा छन् । केही दिन यता बिरामीको चाप बढ्दै गएकाले अक्सिजन सहितको बेड उपलब्ध गराउन समस्या रहेको सहप्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार कोभिड अस्पतालमा १५ बेडको आइसियु, २५ बेडको एचडियु र जनरलमा ६० बेड रहेको छ । प्रतिष्ठानको वार्डमा उपचार गरिरहेका बिरामीहरुमा पनि पोजेटिभ देखिन थालेकाले बाहिर बाट आउने बिरामीलाई राख्न समस्या हुने उनको भनाई छ ।

उनले भने, ‘भएका बेडहरु भरिदै गएका छन्, आकस्मीक कक्षमा पनि बिरामी आइरहेका छन्, वार्डमा उपचाररत बिरामीमा पनि पोजिटिभ देखिन थालेको छ, त्यसमा बाहिरबाट रेफर भएर आउने बिरामीलाई बेड उपलब्ध गराउन केही समस्या छ ।’ तर अक्सिजनकै अभावमा बिरामीले उपचार पाएन भन्ने आरोप चै गलत रहेको उनले बताए ।

 

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved