विराटनगर, ६ भदौ । प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेट
काठमाडौ २०७७ भदौ ६ शनिबार आज थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ । नेपालमा मृतकको संख्या १४६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना जना रहेका छन् ।
सुनसरी । कोरोना भाइरसका कारण अस्पतालमा भेन्टिलेटरको अभाव भए पछि समयमै उपचार हुन नसक्दा सुनसरीको कोशी गाउँपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासी हर्टअट्याक भए पछि अस्पताल पुर्याइएको थियो । तर समयमै भेन्टिलेटरमा राखेर उपचार गराउन नसक्दा उनको मृत्यु भएको हो । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएको थियो । उपचारकै क्रममा मृत्यु भएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो । शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ । वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास
सुनसरी । सुनसरीको दुहवी स्थित अस्पतालका संचालकमा कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालनै बन्द गरिएको छ । दुहबि नगरपालिकाको वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली.का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको हो । शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको बताए । अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा जारी गरिएको निषेधाज्ञा कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको पालना गर्न सर्वसाधारणमा समेत अपिल गरेको छ । विराटनगरका सबै वडा, बुढीगंगा, रंगेली र कटहरीमा पाँच दिने निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाएको हो । बढ्दो संक्रमण रोकथाम गर्न र घटाउन सरकारले प्रयास गरिरहेको छ । लकडाउनको अवधि सकिएसंगै विराटनगरमा निषेधाज्ञा जारी भएको हो । गए रातिदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगर
धरान । सुनसरीमा शनिबार १७ जना संक्रमित थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण देखिएका छन । स्वास्थ्य कार्यालयका अनुसार शनिबार इटहरीमा ८ जना, धरानमा ५ जना र औरावनीमा ४ जना रहेका छन् । इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये ३ जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।
भोजपुर । अन्य जिल्लाबाट भोजपुर फर्किएका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर पुगेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए । बुधबार उनिहरुसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र अस्पतालका स्वास्थ्यकर
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्समा कोरोना संक्रमण थपिदै गएका छन् । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० वर्षीया नर्समा संक्रमण पुष्टि भएको हो । धरान ११ सयपत्री चोक घर भएकी नर्स प्रतिष्ठानको गेष्ट हाउसमा रहेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन । यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गरिएको थियो । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यसबाहेक गाइनो वार्डमा हिजो संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण पुष्टि भए
धनकुटा, ६ भदौ / धनकुटाको सहिदभूमि गाँउपालिकाले खाँली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाँली रहेका बाँझो जमिनमा फलफूलको विरुवा वृक्षारोपण गरिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो । गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाँली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार