खोप किन्न स्विकृति माग्दै बेलबारी नगरपालिका

  • जेठ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्विकृति मागेको छ ।

नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयमा पत्राचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो ।

पहिलो चरणमा १८ बर्ष देखी ४० बर्ष सम्मका ४० हजार दोस्रो चरणमा ४० हजार डोज खोप स्विकृतिका लागि माग गरीएको नगर प्रमुख सुबेदीले बताए ।

नगरप्रमुख सुवेदीका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । उनले भने, ‘नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भैसकेको छ, मन्त्रालयले स्विकृति दिए हामी खोप ल्याउने प्रक्रिया थालिहाल्छौ ।’

नागरीक बचाउनमा लागि कुनै पनि कसर बाँकी नराख्ने समेत उनले बताए । खोप खरिदका लागि मन्त्रालयसँग यस बारे पटक पटक छलफल भइहेको सुबेदीको बताए ।

बेलबारीमा २ सय ५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन भने १० जनाले ज्यान गुमाइसकेका छन । नगरपालिकाको आफनै अक्सीजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफनै एम्बुलेन्स तथा अन्य केहि संघ सस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोराना संक्रमितहरुलाई निशुल्क अस्पताल लैजाने ल्याउने समेत गरीरहेको छ ।

 

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved