अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने ९ जना पहिचान खुल्यो, खोजि कार्य तिब्र

  • जेठ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विहिबार साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा पसेर आक्रमण गर्ने ९ जनाको पहिचान खुलेको छ । उनीहरुको खोजि कार्य भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

पाथीभरा लाइनमा रहेको चौकीमा पसेर आक्रमण गर्ने समुहको पहिचान भइसकेकाले खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वलीले बताए ।

उनले भने, ९ जनाको पहिचान खुलिसकेको छ, उनीहरुको खोजि कार्य तिब्र बनाइएको छ ।’ उनीहरु वडा नम्बर १५ कै स्थानीय रहेको बुझिएको छ ।

आक्रमणबाट असई सुमन दाहाल, एक हवल्दार र एक सिपाइ घाइते भएका छन् । असई दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी माथि खुकुरी प्रहार गरेका थिए ।

उनका अनुसार दुई समुह बिचको झगडा मिलाउन खोज्दा प्रहरी माथिनै आक्रमण भएको थियो । एक समुह चौकीमा उजुरी दिन आएको थियो । पहिलो समुहलाई लखेट्दै दोस्रो समुह चौकीमा प्रवेश गरेको थियो । चौकीमा प्रवेश गर्ने बित्तिकै प्रहरी माथि आक्रमण गरिएको प्रहरी निरिक्षक वलीले बताए ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved