सुनसरी । मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी कानेपोखरीका दिलिप चौधरीको मृत्यु भएको छ ।
बिहिवार साँझको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका २ केरौनका ३२ बर्षीय चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।