प्रदेश १ मा दोस्रो लहरका १७ प्रतिशत संक्रमित संक्रमण मुक्त "दुई महिनामा २४ हजार थपिए, ३ सय ६३ जनाको मृत्यु"

  • जेठ १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर व्यहोरिरहेको प्रदेश १ मा संक्रमित ठिक हुने दर न्यून पाइएको छ । प्रदेशमा गत चैत १२ गते दोस्रो लहरबाट पहिलो संक्रमितको मृत्यु भएको मानि प्रदेश सरकारले त्यही दिनलाई दोस्रो लहरको शुरुवाती चरणको रुपमा लिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा पहिलो चरणका समेत जोड्दा कूल संक्रमितको संख्या ५४ हजार ९ सय २८ पुगेको छ ।

अहिले दोस्रो चरणको सामना गरिरहेको प्रदेश १ मा चैत यता २४ हजार ६ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । जबकी विहीबारसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ५१ छ ।

हालसम्म जम्मा ४ हजार २ सय जना संक्रमित पूर्ण रुपमा निको भईसकेका छन । यस आधारमा प्रदेश १ मा संक्रमणमुक्त हुने जम्मा १७ प्रतिशत छन् ।

तर सामाजिक विकास मन्त्रालयले भने प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या क्रमश ः बढ्न थालेको जनाएको छ । विहीबार ५ सय २९ जनाले कोरोना जितेका छन । मन्त्रालयको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले यो पटक संक्रमितको संख्या एकै दिन ह्वात्तै बढ्ने तर संक्रमण ठिक हुने अवधि पुरा भएकाको संख्या थोरै हुने गरेको सुनाए ।

उनले भने, “निषेधाज्ञा जारी भएपछि भाईरसको चेन ब्रेक भई संक्रमित ठिक हुने र समुदायमा धेरै नफैलने सरकारको अपेक्षा छ, सोहीअनुरुप संक्रमित ठिक हुने दर बढ्दै जानेछ ।” मन्त्रालयका अनुसार यो हप्ता बुधबार ३ सय ५३, मंगलबार ३ सय १२, सोमबार १ सय ८२ र आईतबार ९३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा दैनिक सरदर एक हजार जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । यसको चपेटामा सबैभन्दा धेरै झापा, मोरङ र सुनसरी परेका छन । मोरङमा सबैभन्दा धेरै संक्रमित छन् । प्रदेश राजधानी विराटनगरमा मात्र पाँच हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन । विराटनगरमा ८६ जनाले ज्यान गुमाएका छन ।

कोसी अस्पताल विराटनगरका मेसु डा. चुमनलाल दास भन्छन्, “दोस्रो भेरिएन्ट अधिक संक्रामक देखिएको छ, परिवारको एक जनलाई संक्रमण भए तुरुन्तै सबै सदस्यलाई सर्ने गरेको छ, दोस्रो लहरमा संक्रमितको संख्या बढ्ने क्रममा छ ।” उनले स्वास्थ्य सावधानी अपनाए संक्रमणलाई कम गर्दै लैजान सकिने सुनाए ।

कोरोना संक्रमणका कारण दोस्रो लहर शुरु भएको पछिल्लो दुई महिनामा प्रदेश १ मा ३ सय ६४ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक बढ्दो क्रममा छ । औसत दैनिक दश जनाले ज्यान गुमाई रहेका छन ।

दोश्रो लहर यता मोरङमा १ सय २१, झापामा ७३, सुनसरीमा ७२, उदयपुरमा १०, इलाममा ८, संखुवासभा र धनकुटामा ४–४, ताप्लेजुङमा ३, पाँचथरमा २ र तेह्रथुममा एक जनाको मृत्यु भएको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा संक्रमणबाट मृत्यु भएको छैन । प्रदेश १ बाहिरका ६६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा सबैभन्दा धेरै ८ हजार ३ सय ४१, झापामा ४ हजार ४ सय १९, सुनसरीमा ३ हजार ६ सय ९६, धनकुटामा ६ सय ४६, ताप्लेजुङमा ४ सय ७४, संखुवासभामा ४ सय ४, उदयपुरमा ३ सय ५२, इलामा ३ सय २६, तेह्रथुममा २ सय २, खोटाङमा १ सय ९२, पाँचथरमा १ सय ८३, भोजपुरमा १ सय २१, ओखलढुङ्गामा ७१, सोलुखुम्वुमा ६२ र प्रदेश १ बाहिरका ८६२ जना संक्रमित छन् । पहिलो लहरमा न्यून संक्रमण फैलिएको पहाडी जिल्लामा दोस्रो लहरमा भने धेरै संक्रमित थपिन पुगेका छन ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved