राजनीतिक दलहरूको दायित्व (सम्पादकीय)

  • जेठ १३, २०७८
  • "कोशीपत्र/संवाददाता"

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नागरिकहरू चौतर्फी मारमा परेका छन् । भाइरस सङ्क्रमणले ज्यानमा पु¥याउन सक्ने क्षतिको भय छ । यसकारण रोजगार र काम बन्द छ ।

सङ्कटको यसै घडीमा सर्वसाधारणमाथि दुःखका अनेक भारी थुप्रिएका छन् । स्वास्थ्य सेवाको अभाव, खाद्यान्नको अपर्याप्तता र बढ्दो महङ्गी – यस्ता समस्या हुन्, जसले सर्वसाधारणको जीवनलाई थिल्थिलो बनाएका छन् ।

यस्तै सङ्कटको अवस्थामा धरान उपमहानगरमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवामा लापर्वाही र भ्रष्टाचार भएको बताउँदै उनीहरूले यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

धरानका राजनीतिक दलहरूले मेयर तिलक राईलाई संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा निषेधाज्ञाको समयमा धरानमा महङ्गी र कालोबजारी बढेको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सर्वसाधारणले भोग्नु परेका समस्याप्रति दलहरूले देखाएको चासो र चिन्ता सान्दर्भिक छ । अहिले साँच्चै नै हरेक क्षेत्रमा अराजकता र बेथिति देखिएको छ । केन्द्रमा सत्ताको हानाथापले राजनीति गिजोलिएको अवस्थामा हरेक क्षेत्र अनुत्तरदायी र अनुशासनहीन देखिएको छ तर यस्तो अवस्थालाई नियमन र अनुगमन गर्ने सरकारी संयन्त्र भने निष्क्रिय देखिएका छन् ।

सर्वसाधारण लुटिँदा पनि यस्ता निकाय र संयन्त्र मूकदर्शक बनेका छन् । यो निन्दनीय र भत्र्सनायोग्य विषय हो ।
उपमहानगरमै रहेको अनुगमन समितिको क्रियाशीलता पनि देखिएको छैन ।

यस्तो बेलामा स्थानीय सरकारले व्यापार–व्यवसायसम्बद्ध संस्थाहरूसँग समन्वय गरेर सहज रूपमा र सुपथ मूल्यमा सर्वसाधारणलाई खाद्यान्न र हरिया तरकारी उपलब्ध गराउनुपर्ने हो तर यसतर्पm स्थानीय सरकारले परिणाममुखी काम गरेको देखिँदैन । अहिले किसान र उपभोक्ता दुवै मारमा परेका छन् । बिचौलियाले मात्र फाइदा लिइरहेका छन् ।

यस्तो बेलामा दलहरूले देखाएको सक्रियता प्रशंसनीय छ तर यतिले मात्र दलहरूको दायित्व पूरा हुँदैन । दलहरूले निरन्तर खबरदारी गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमनमा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न अग्रसर हुनुपर्छ । वीपी प्रतिष्ठानमा पनि सुधारका लागि दलहरूले नागरिक आन्दोलनको अगुवाइ गर्नु आवश्यक छ । एक दिन जुलुस वा भेला गरेर दलहरूको भूमिका सकिँदैन । निरन्तर दवाबको खाँचो छ ।

दलहरूले सर्वसाधारणका पक्षमा आपूmलाई उभ्याउने मात्र होइन, काम गरेर देखाउने बेला पनि यही हो । यस्तै अवस्थामा सर्वसाधारणलाई साथ चाहिन्छ । सर्वत्र लूटतन्त्र हावी भएर सर्वसाधारण लाचार र निरीह भएका बेला दलहरू तिनका सङ्कट कम गर्ने सहयोगी भूमिकामा आपूmलाई उभ्याउन सफल भएमा दलहरूप्रतिको विश्वास र भरोसा पनि बढ्नेछ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved