धरान । गत जेठ १ गते देखि घोषणा भएको सुनसरीमा लकडाउन तेस्रो चरणमा जेठ २२ सम्मको लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख उमेश कुमार ढकालले जेठ २२ गते सम्मका लागि पुर्णलकडाउनको सुचना जारी गरेका छन् । जेठ २२ गते राती १२ बजे सम्म सुनसरी जिल्ला भर लागु हुने गरि निरन्तरता दिइएको जनाएका छन् । दोस्रो चरणको लकडाउन भोलि राती १२ बजे देखि सकिन्दैछ ।
लकडाउनका केही मापदण्ड परिमार्जित गर्दै सुचना जारी गरिएको हो । धानको बिउँ रोप्ने समय भएकाले जिल्ला संचालित साझा तथा सहकारी संस्थाहरुबाट बिउ विजन खरिदका लागि किसानहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि आवतजावत गर्न दिने भएको छ ।
त्यसै गरि हरियो तकारी, फलफुल र दुध तथा दुधजन्य पदार्थको स्थानीय तहको समन्वयमा स्थानीय उद्योग वाणिज्य संघको संक्रियतामा होम डेलिभरी सेवा दिने व्यवस्था मिलाउन सकिने जनाएको छ ।
कसैले अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध गर्न नहुने यदी गरेमा एक वर्ष सम्म कैद वा पाँच लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ ।