धरान । कोरोना संक्रमण भए पछि उपचारमा रहेका सप्तकोशी एफएमका स्टेशन मेनेजर चन्द्र न्यौपानेको निधन भएको छ ।
उनी विगत दुई साता देखि बिराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचाररत थिए । उनको शुक्रबार बिहान निधन भएको हो । उनलाई सिवियर निमोनिया भए पछि अस्पताल भर्ना गरिएको थियो ।
न्यौपाने सप्तकोशी एमएफका स्टेशन मेनेजर सहित ब्रोडकास्टिङ एशोसियशन अफ नेपालका अध्यक्ष थिए । नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्ति गरेको थियो । यस्तै नेकपा एमाले सुनसरीको प्रचार प्रसार विभागका सदस्य पनि थिए ।