धरानमा खोला उत्खनन् रोकिएन, स्थानीयहरुद्वारा अवरोध

  • जेठ १३, २०७८
  • "गोविन्द बस्नेत"
alt फायल फोटो

धरान ः धरानमा खोला उत्खनन् हुने क्रमले तिब्रता पाएको छ । आर्थिक बर्ष सकिनै लाग्दा ठेकेदार कम्पनीहरुले धरानको सेउती, सर्दु खोला लगायतका खोलामा धमाधम मापदण्ड विपरीत खोला उत्खनन गर्ने काम गरिरहेका छन् ।

सेउती खोलामा उत्खनन कार्य नरोकिएपछि धरान उपमहानगरपालिका वडा नंं ५का वडाध्यक्ष सन्तोष लिम्बुको समूहले सम्बन्धित निकायमा रोक्न ज्ञापनपत्रज्ञ बुझाएको भोलिपल्ट उत्खनन नरोकिएपछि वडाध्यक्षकै सक्रियतामा त्यहा अवरोध गरिएको थियो । मंगलबार ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै बुधबार उनीहरुले ठेकेदार कम्पनीले खोला उत्खनन नरोकेपछि आक्रोस भएर वडाध्यक्षकै टोली गएर उत्खनन गर्ने काम रोकेको थियो ।

सेउती, सेहारा र सर्दु खोला ४ करोड ९१ लाखमा ठेक्का लगाएको सो स्थानमा प्रँरम्भिक वातावरणीय परीक्षण (.आइर्ई) प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुदे निर्णय कार्यान्वयन नभएको र जथाभावी उत्खनन् हुदा वस्तीलाई क्षति पुग्ने बताएका थिए ।

सेउती, सर्दु र सेहरा खोलाको लफडा सकिन नपाउदै विहीबार समेत धरान १७ को सर्दुखोलामा उत्खनन कार्यलाई तिब्रता दिएपछि स्थानीयहरुले अवरोध पु¥याएका थिए ।

धरान १७ डाडाघोषका स्थानीयहरुले चुरे क्षेत्रमा ठेक्का लगाउदा वन ऐन अन्तर्गत लगाउनुपर्नेमा अधिकारै नभएको स्थानीय सरकार धरान उपमहानगरपालिकाले यस क्षेत्रमा ठेक्का लगाएको भन्दै आक्रोसित उनीहरुले उत्खननमा रोक लगाएका थिए ।

उनीहरुले उपमहानगरपालिकाले जथाभावि ठेक्का दिएको र मापदण्डमा डेढ मिटर खन्न पाउने प्रावधान भएपनि अढाई मिटर गहिरो खनेको भन्दै आक्रोसित बनेकाका हुन् ।

डा“डाघोपा नमूना मार्ग टोल विकास संस्थाका संयोजक लिलाबहादुर बुढाथोकीले नियम विपरीत चुरे क्षेत्रमा जथाभावि उत्खनन गरेकोले आफूहरुले त्यसलाई रोकेको बताए । उनले भने– ‘वन ऐन विपरीत धरान उपमहानगरपालिकाले चुरे क्षेत्रमा ढुंगा, बालुवा, मिसगिट्टी निकाल्न प्रतिबन्ध गरेको छ तर नियम विपरीत धमाधम उत्खनन् भइरहेको छ, हामीले यसको विरोध गरेक हौं ।’ उनले जथाभावि उत्खनन गर्दा छेउछाउमा रहेका बस्ती जोखिममा रहेकोले यो उत्खननलाई चाडो ्रोक्नुपर्ने बताए ।

यस्तै उत्खनन रोक्न सर्दु खोला नै पुग्नुभएका डा“डाघोपा नमुना सामुदायिक वनका अध्यक्ष सिवन कुमार राईले चुरे क्षेत्रमा उत्खनन गर्न दिने अधिकार स्थानीय सरकारलाई नदिएको बताए । उनले भने –‘उत्खनन गर्नु पर्ने अवस्था आए पनि वन कार्यालयसंग समन्वय गरेर मात्र ठेक्कामार्फत उत्खनन गर्नुपर्छ, हामीले थाहा पाए अनुसार उपमहानगरपालिकाले वन कार्यालयसंग समन्वय नै नगरी ठेक्का दिएको छ यो नियम संगत छैन ।’

यता ठेकेदार कम्पनीले भने उपमहानगरपालिकाले दिएको स्विकृति अनुसार नै उत्खनन् गरेको बताएको छ । पाथीभरा निर्माण सेवालाई सो खोला उत्खन अनुमति दिएको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख अर्जुन भण्डारीले उपमहानरपालिकाले ठेक्का खुलाएको समयमा अनलाइनमार्फत फर्म भरेपछि आफूले ठेक्का पाएको बताए । उनले भने–‘अरु कुरा मलाई केही थाहा छैन, उपमहानगरपालिकाले ठेक्का प्रक्रियाबाट मलाई ठेक्का दिएको हो । उनले विवादका विषयमा उपमहानगरपालिकासंग बसेर छलफल गर्नुपर्ने स्थानीयहरुलाई बताए । उनले भने–‘यस विषयमा उपमहानगरपालिकासंग कुरा राख्नुस् अनि छलफलमा बसौला ।’

यस विषयमा धरान उपमहानगरपालिकाले भने केही भन्न चाहेको छैन । डाडाघोपाका सर्वसाधारणले भने अहिले उपमहानगरपालिका, ठेकेदार कम्पनी र सर्वसाधारणबीच छलफलको तयारी भइरहेको बताएका छन् ।

सप्तकोशीमा गाँजाको त ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नद ...

पुल त बन्यो, समस्या ...

धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिम ...

धरानकाे सुनाखरी एकेड ...

धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडे ...

सुनसरीमा प्रहरीको सफ ...

दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved