समाचार

    Showing 7,361-7,370 of 8,679 items.
  • निर्वाचनताका घोषित मुद्दाहरू हल गर्न युवा संघको दवाव

     पथरी, भदौ २७ गते । नेकपा निकट यसको भातृ संगठन– राष्ट्रिय युवा संघ नेपालले मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका उठाइएका र यसमा पनि प्राथमिकिकरण गरिएका मुख्य–मुख्य मुद्दाहरू बिना कुनै ढिलासुस्ती अविलम्ब समाधान गर्नका लागि पार्टी नेतृत्व र सरकारी निकायहरूमा गम्भीर ध्यानाकर्षण सहितको सिर्जनात्मक दवाव दिने उद्देश्यअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाकक्ष, पथरी बजारमा अन्तरक्रियात्मक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । हिजो भदौ २६ गते सम्पन्न यो कार्यक्रम मूलतः युवा संघ नेपाल, मोरङ जिल्ला समितिको पहलमा संघका केन्द्रीय नेता रवीन थापा, विजय डाँगी, जि

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 820 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • रोटर्याक क्लब अफ धरानको पर्सनल ब्राण्डिङ फर अन्टरप्रणस् कार्यक्रम सम्पन्न

    धरान/  रोटर्याक क्लब अफ धरानले गत बुधबार पर्सनल ब्राण्डिङ फर अन्टरप्रणस् कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा ४० जना युवा उद्यमीहरु सहभागी रहेका थिए । अहिलेको समय सापेक्ष उद्यमीहरुले डिजिटल प्रविधिको प्रयोग मार्फत आफ्नो ब्राण्डलाई दर्शक माझ पु¥याउन के कस्ता तरीकाहरु हुन सक्छन भनेर अवगत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोटर्याक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । डिजिटल मार्केटीङ प्रोफेसनल स्वेता शेरचनद्वारा कार्यक्रमको सहजिकरण गरिएको थियोे । शेरचनले डिजिटल प्रविधिकोमाध्यमलेक काठमाण्डौबाट धरानका युवाहरुलाई सहज

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा शुक्रबार झुम्काका एक कोरोना संक्रमितको मृत्यु

    धरान: धरान स्थित वीपी केइरला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार रामधुी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार ४ः३० मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश साकोटाका अनुसार मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको जानकारी दिए । मृतकलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाई भएको उनले बताए ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इनरुवास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लगि प्रतिष्ठान रेफर गरिएको थियो । मृतकलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेटमा

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा

    धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए । 

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचौ बास्केटवल ट्यालेण्ट हण्ट सम्पन्न

    धरान / धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । समापनको दिन सहभागि दुई दर्जन विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका मेयर तिलक राईले प्रमाण् पत्र वितरण गरेका थिए । धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको लक्षित गरेर आयोजना गरिने ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृत

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १ नं. प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

    इलाम / विपदमा वालवालि अधिकारको सुनिश्चितता, हामि सवैको साझा प्रतिबद्घता भन्ने मूल नाराका साथ कोरोना भाईरसले वालवालिकामा पारेको असर र सरोकारवालाको भूमिका विषयमा रेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुनेभएको छ । कोरोना भइरस संक्रमणको कारण लामो समयदेखि विद्यालय सञ्चालन नभएको समयमा राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको हो । भर्जुल माध्यमबाट नेपालि भाषामा हुने प्रतियोगितामा प्रदेश एकका १४ जिल्लाका १४ जना सहभागि हुनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार रतितृय हुनेले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन । प्रदेश स

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 964 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अवैध ल्याउँदै गरेको ९० हजार बराबरको सामान पक्राउ

    इलाम / भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 716 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • इटहरीमा ३ सय ६ पुगे संक्रमित, ज्येष्ठ नागरिक बढि प्रभावित

    इटहरी । दैनिक संक्रमित थपिदै जादा इटहरीमा कुल संक्रमितहरू ३ सय ६ जना पुगिसकेका छन भने अझै बढने क्रममा रहेको छ । इटहरीमा कोरोनाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिकहरू प्रत्यक्ष प्रभावित भएका छन्। कुल संक्रमित मध्ये १ सय ३४ भन्दा बढी ज्येष्ठ नागरिकहरू कोरोनाबाट प्रभावित बनेका छन । दैनिक संक्रमणको संख्या बढिरहदा इटहरीमा खतरा बढिरहेको चिकित्सकहरूले बताउदै आएका छन । समुदाय स्तरमा पुगेको कोरोना संक्रमणको दर अहिले इटहरीमा प्रतिहजार जनसंख्या १दशमलव ८२ प्रतिशत रहेको छ । जनसंख्याको हिसाबले अति न्युन देखिए पनि संक्रमणको दर भने बढनुले जोखिम उत्तिकै रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामुकमार धमलाले

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 645 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट

    धरान –  साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार ९६ हजार ८ सय प्रति तोलका दरले बिक्री भएको सुनको मुल्यमा ३ सय रुपौंयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो । माहसंघले तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सखुवाको रुख कटान आरोपमा पक्राउ परेका ४ जना छाडिए

    धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 2,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved