आजबाट सुनसरीमा स्मार्ट लकडाउन इटहरीमा ब्यवसायीहरूले पसल खोल्न मानेनन

  • असार ८, २०७८
  • तेजबहादुर बन
alt

इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाइ ८ गते मंगलबारबाट खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाउदै प्रसाशनले जिल्लामा मंगलबारदेखि स्मार्ट लकडाउनको सुरूवात गरेको हो ।

यस अघिनै गृह मन्त्रालयबाट आर्थिक कारोबार सहज हुनेगरी काम गर्न प्रसाशन कार्यालयहरूलाइ परिपत्र गरे अनुरूप मंगलबारबाट लकडाउन खुकुलो बनाइएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । प्रसाशनले मंगलबारबाट लागु हुनेगरी होटल ब्यवसाय , ब्युटि पार्लर , शैक्षिक संस्था , शैलुन , पार्क लगायतलाइ छाडेर बाकिका सबै ब्यवसायहरू दिनको १२ बजे सम्म खोल्न अनुमति दिएको छ । निषेधाज्ञाको समय भने आगामि असार १४ गते मध्यरात १२ बजे सम्म रहने भएको छ ।

झण्डै तिन महिनाको निषेधाज्ञाले थला परेको ब्यापार ब्यवसाय खुले लगत्तै जिल्लाका प्रमुख शहरहरूमा स्थानीयहरूको चहल पहल बढेको छ । जिल्लाको प्रमुख शहरहरू धरान , इटहरी , इनरूवा , दुहबी लगायतमा उपभोग्य बस्तु तथा लता कपडा किनमेल गर्नेहरूको चहलपहल बढेको हो ।

जिल्ला प्रसाशनको कार्यालय सुनसरीले स्वास्थ्य मापदण्ड अपनाइ दिनको १२ बजे सम्म ब्यवसायहरू सुचारू गर्न अनुमति दिएलगत्तै सुनसरीका प्रमुख शहरहरूमा स्थानीय उपभोक्ता तथा सेवाग्राहिहरूको चहल पहल बढेको पाइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटदै गएको अवस्थालाइ मध्यनजर गर्दै निषेधाज्ञालाइ खुकुलो बनाउदै स्थानियको जनजिवनलाइ सहजता प्रदान गर्न स्मार्ट लकडाउन लागु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले बताए ।

इटहरीमा ब्यवसायिले पसल खोलेनन
सुनसरी प्रसाशनले दिनको १२ बजे सम्म ब्यवसाय सुचार गर्न अनुमति दिएपनि इटहरीमा भने धेरैले ब्यवसाय खोलेका छैनन । कोरोना संक्रमणको जोखिम कायमै रहेको कारण धेरैले ब्यवसाय सुचारू नगरेको पाइएको छ ।इटहरीको बिशाल बजार , हङकङ मार्केट , नया बजारमा ब्यवसायिहरूले पसल खोलेका छैनन ।

खोलिएका ब्यवसायहरूमा पनि उपभोक्ता तथा सेवाग्राहिहरूको त्यति उपस्थिति देखिएको छैन । संक्रमणको दर घटेपनि जोखिम कायमै रहेको कारण ब्यवसाय नखुलेको हुन सक्ने उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोख्रेलले बताए ।

यता इटहरीका ब्यवसायिहरू भने दिनभरी खोल्न दिए खोल्ने नत्र नखोल्ने अडानमा बसेका छन । झण्डै ३ महिना लकडाउन हुदा ब्यापार ब्यवसाय धरासयि बनिसकेको हुदा अब खुल्दा पुरै खुलाइनुपर्ने अन्यथा आधा खोलेर पुरै दिन बन्द गर्दा ब्यपार नहुने र सटरभाडा पनि जुटाउन नसक्ने ब्यवसायिहरूले बताउदै आएका छन ।

itahari-2 2 itahari-1 2

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved