प्रदेश १ मा जोरविजोर लागु गर्दै सार्वजनिक सवारी चलाउने व्यवस्था मिलाउन व्यवसायीको माग

  • असार ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको संक्रमणबाट सबै भन्दा बढि सार्वजनिक यातायात व्यवसायीहरु मारमा परि व्यवसायबाटै पलायत हुने अवश्था आएकाले जोरविजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीले माग गरेका छन् ।

प्रदेश १ मा स्वास्थ्य मापदण्ड पुरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत सोमबार झापा र सुनसरीमा ज्ञापन पत्र बुझाएका हुन् ।

महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठ र सुनसरी जिल्ला समन्वय समितीका संयोजक धुर्वराज घिमिरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएको आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर जोरबिजोर प्रणालीमा सवारी सधान संचालन गर्न दिनुपर्ने उल्लेख गरिएको छ । देशको राजधानी लगायत केही ठाउँमा मङ्गलबारदेखि बजार खोल्ने र निजी सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरे अनुसार प्रदेश १ मा पनि सोही अनुसारको व्यवस्था गर्न माग गरिएको हो ।

गत सालको लकडाउन अवधिको बैंक, ब्याज, किस्ता समेत पुनर्तालिकीकरण गरी भुक्तानी गर्दै गरेकोमा सो समेत चुक्ता नभई सकेको अवस्थामा पुनः दोस्रो निषेधाज्ञाले यातायात क्षेत्र धरासायी हुन पुगेको ज्ञापनपत्रमा जनाइएको छ । गत वर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदुरलाई राहत भएपनि अहिले कहीँकतैबाट राहत नआउँदा अझ बढी मारमा परेको बताइएको छ ।

सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमण हुने सम्भावना बढी रहेकोले कोरोना विरुद्धको खोपको व्यवस्था गर्न आवश्यक पहल गरिदिन समेत अनुरोध गरिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved