नोकिया सँगको सहकार्यमा सुबिसुको ४ सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन विस्तार

  • असार ८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुबिसुको नेटवर्कलाई आधुनिकरण गर्न सुबिसुले नोकिया संगको सहकार्यमा ४ सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ ।

पुर्व देखि पश्चिम सम्म फैलिएको करिब १५ सय किलो मिटर सुबिसुको नेटवर्कलाई नोकिया सँगको सहकार्यमा ४ सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन विस्तार गर्न जेठ ३१ गते सम्झौता गरेको हो ।
सुबिसुले देशभरीको बढ्दो ब्रोडब्याण्ड इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गतिको ब्रोडब्याण्ड तथा गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्न नोकियाको अत्याधुनिक सोलुशनले सहयोग पुर्याउने विश्वास लिएको छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरुलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४ सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलशन उपलब्ध गराएको हो । जसले सुबिसुको नयाँ बजार स्थापना गर्न मद्दत पुर्याउँदै ग्राहकहरुलाई उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरिय सेवा प्रदान गर्नेछ ।

४ सय जिबिपिएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच(पिएसएस) प्लेटफार्म अफरिङ फोटोनिक सर्भिस इन्जिन (पिएसई), दुई दिशात्मक बेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग देशैभर जडान गरिएको छ । विश्वमै यस्तो समाधानको पहिलो अपरेसन हो ।

सुबिसुको नेटवर्कलाई सोलुशन कस्ट अप्टिमाइज गर्दै अपरेशन कस्ट घटाउँदै थप सबल बनाउन मद्दत पुग्नुका साथै सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्न सकिने विश्वास गरिएको छ ।

सुबिसुका सिइओ विनय मोह साउद भन्छन्, ‘नोकिया सँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इण्डस्ट्रि लिडिङ उत्पादन तथा सोलुशनहरुले सुबिसुको ग्राहकहरुलाई उच्च गति तथा गुणस्तरिय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ, जसले गर्दा ग्राहकवर्गमा उच्चस्तरिय अनुभव तथा सेवा प्रदान गर्न सक्षम भएका छौं ।’

यता नोकियाका इमर्जिङ मार्केटका प्रमुख विनीश बाबा इन्डस्ट्री प्रमाणित १८३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरुलाई बढ्दो क्षमताको माग पुरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम बनाएको बताउँछन् । उनले भने, ‘सुबिसुको अप्तिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपुर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा खुशी छौं, भविष्यमा साझेदारी सदैव कायम रहनेछ ।’

नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगि टेक्नोलोजीको निर्माण गरि उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रक्रियामा सहयोग गर्न सदैव प्रतिबद्ध रहेको नियोटेरिक नेपालका एम.डी संजय गोल्छा बताउँछन् ।

सुबिसु केबलनेट प्रालिले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस. भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि. ट्रान्जिट, एम.भि.पि., डाटा सेन्टर सोलुसन जस्ता सुचना तथा संचारन सँग सम्बन्धित सेवा नेपालमा प्रदान गर्दै आएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved