२ अर्ब बढिको बजेट ल्याउँदै इटहरी उपमहानगर पुरानै बिकाशे योजनालाइ प्राथमिकता

  • असार ८, २०७८
  • तेजबहादुर बन
alt

इटहरी । नयाँ आर्थिक वर्ष २०७८÷८९का लागि इटहरी उपमहानगरले २ अर्ब बढिको बजेट ल्याउने तयारी थालेको छ ।
चालु आर्थिक वर्षको लागि एक अर्ब ७८ करोडको बजेट बिनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । चालु वर्षमा बिनियोजन गरिएको बजेट मध्ये करीब ३० करोड रूपैया कोरोना कहर बिच खर्च हुन नपाएको कारण आर्थिक वर्ष २०७८÷७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उपमहानगरले जनाएको छ ।

असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था भएकोले तयारी थालिएको इटहरी उमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताईन् । आगामी आर्थिक वर्षको बजेटमा पुरानै बिकाशका आयोजनाहरूलाइ प्राथमिकतामा राखिएको उनको भनाई छ । अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण नियन्त्रणलाइ प्रमुख प्राथमिकता दिदै अघिल्लो वर्षहरूमा पुरा नभएका बिकाशका योजनाहरूलाई आगामी वर्षमा सम्पन्न हुनेगरी काम अघि बढाइने उनले बताईन् ।

कोरोना कहरका कारण इटहरीमा रोकिएका तिन ठुला महत्वपुर्ण आयोजनाहरु यस वर्ष देखि सञ्चालनमा आउने गरी काम थालिने बताइएको छ । ६ लेन राजमार्गको कारण देखिएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङको योजना नयाँ आर्थिक वर्षमा पनि प्राथमिकताका साथ राखिएको उपमेयर गौतमले बताईन् ।
त्यस्तै गरी उपमहानगर क्षेत्रमा नगर वस सञ्चालन, रात्रि बजार, गोलचौकमा बिश्व मानचित्रमा नेपाल देखिने नेपालको नक्सा सहित पृथ्वी आकारको स्मारक निर्माण जस्ता योजनाहरू पनि प्राथमिकतामा राखिएको छ । त्यस्तै चालु आर्थिक वर्षमा सम्पन्न नभएका कल्भर्ट, राजमार्ग निर्माणका कामहरूलाइ आगामी वर्षको बजेटमा प्राथमिकता दिदै काम अघि बढाइने उनले बताईन् ।

गत वर्षको तुलनामा यस वर्ष उपमहानगरमा राजस्व संकलनमा गिरावट देखिएपनि खर्च नभएका रकमलाइ यहि आउने आर्थिक वर्षमा जोड्दै महत्वपुर्ण आयोजनामा खर्च गरिने उपमहानगरले जनाएको छ । गत वर्ष २०७६÷७७ मा १८ करोड सम्मको राजस्व संकलन गरेको उपमहानगरले चालुवर्ष १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको राजस्व शाखाका प्रमुख नविन भट्टराइले बताए ।

करिब ३८ करोड राजस्व संकलनको लक्ष्य बोकेको उपमहानगरले यो वर्ष कोरोना कहरकै कारण ब्यापार खस्किदा राजस्व पनि गुमेको शाखाका प्रमुख भट्टराइ बताउँछन । चालु वर्षमा उपमहानगरले १ अर्ब ७८ करोडको बजेट बिनियोजन गरेकोमा कोरोना कहरका कारण ५७ प्रतिशत मात्रै खर्च भएको जनाइएको छ ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved