लागूऔषध सहित ५ जना पक्राउ

  • असार ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकमा लागूऔषध ब्राउन सुगर सहित फरक फरक समयमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलिले फरक फरक समयमा उनीहरुलाई एकै ठाउँबाट पक्राउ गरेको हो । साँझ ७ बजे पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

राती ९ बजे पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।
बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवार रहेको प्र।न।१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको हो ।

त्यसै गरि राती ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी उनिहरुको साथबाट डाइजेलाब १० पिस, फेनारगन १० पिस, आइपिइएल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेला पारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved