धरान / धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार उपचारमा क्रममा २ः२०मा मृत्यु भएको हो । प्रतिषठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई ज्वरो , खोकी , श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा २९ गते रिपोर्ट पोजेटिभ आएको हो । सापकोटका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको र सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको थियो । यो सगै सुनसरीमा मृतकको संख्या ८ पुगेको छ भने धरानमा मात्रै मृतकको संख्या ७ पुगेको छ ।
धरान । सार्बजनिक पदमा रहदा पदको दुरुपयोग गरि गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोपमा धरान स्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति प्रा।डा। बलभद्र प्रसाद दासलाइ अख्तियार अनुसन्धान आयोगले मुद्दा चलाएको छ । दासले सार्वजनिक पदमा वहाल रहदा ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भए पछि उनी माथी मुद्दा दायर गरियेको हो । उनी २०५० सालमा असिस्टेन्ट रजिस्ट्रार बाट प्रतिष्ठानमा प्रबेश गरेका थिए । आयोगले सार्बजनिक गरेको बिज्ञप्ति अनुसार तत्कालीन डा। बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६
धरान । मापदण्ड विपरीत बढी “मिथानोल स्प्रिट” हालेर सेनिटाइजर उत्पादन गर्दै आएको सुनसरीको एक उद्योग कारवाहीमा परेको छ । “मिथानोल स्प्रिट”ले छालामा असर गर्ने भएकाले औषधि व्यवस्था विभाग बिराटनगरले उद्योग बन्द गराउने प्रक्रिया अघि बढाएको छ । सुनसरीको नरसिङ गाउँपालिका ४मा रहेको उमानन्द यादवले सञ्चालन गर्दै आएको सिता हर्बल केमीकल उद्योगलाई कार्वहीको प्रक्रिया अगाडी बढाएको हो । औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार नेपाल औषधि विभागले तोकेको मापदण्ड अनुसार ७० देखि ८० प्रतिशत मिथानोल स्प्रिट हाल्नु पर्नेमा उद्योगले मापदण्ड भन्दा बढी केमीकल प्रयोग गर
काठमाडौ / आज थप १४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५६ हजार ७ ८८ जना पुगेको छ । नेपालमा मृतकको संख्या ३६० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। १० हजार ३७५ जनाको आज पिसिआ
धरान । कोरोना महामारीमा पनि फ्रन्टलाईनमा बसेर काम गरिरहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट चिकित्सकहरुको आन्दोलनका मागहरु प्रति व्यवस्थापनले वेवास्था गरेको भन्दै बुधबार देखि कोरोना सम्बन्धित ड्युटी समेत बहिष्कार गर्ने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले मंगलबार विज्ञप्ती जारी गर्दै पदाधिकारीहरु क्वारेन्टाइन बस्नु परेको बहानामा प्रतिष्ठान प्रशासनले वार्ताको लागि कुनै चासो र तदारुकता नदेखाएको जनाएको छ । उनीहरुले भर्चुअल माध्यम भिडियो कन्फेरेन्स मार्फत जिम्मेवार पदाधिकारीबाट मागहरुको यथाशिघ्र सम्बोधन र कार्यान्यवन गर्दै काममा फर्कने वातावर
धनकुटा, ३० भदौ / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएको यो विषय परिस्थितिमा पनि अग्रभाग (फ्रन्टलाईन) मा रहेर काम गरिरहेका धनकुटाका पत्रकारहरुलाई त्यसको जोखिमबाट बच्नको लागि सुरक्षा सामग्री निशानदेवी मिडियाले उपलब्ध गराएको छ । अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र धनकुटा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मुकुन्द सुवेदीको सहयोगमा निशानदेवी मिडिया प्रालिले प्रेस ज्याकेट, माक्स, फेससिल उपलब्ध गराएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका निशानदेवी मिडियाका प्रधान सम्पादक गोपाल बराईलीले १० थान प्रेस ज्याकेट, मा
धरान । सुनसरीमा कोरोना संक्रमितको सँख्या १ हजार २ सय ५५ पुगेको छ । आज (मंगलबार) ३२ जना कोरोना संक्रमित थपिए सँगै जिल्लाको कुल संक्रमित १ हजार २ सय ५५ पुगेको छ । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा अहिले सम्म ५ सय ९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा ६ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।लिङ्थेपका अनुसार मंगलबार झुम्का कारागारका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने धरान, दुहबी, इटहरी, इनरुवाका स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला
धरान । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ । कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । साथै लकडाउनमा अस्पतालहरु पनि खुल्ला नभएको अवश्थामा बिरामीहरुले स्वास्थ्य पाउन नसक्ने भएकाले रक्तदान कार्यक्रमकै अवसरमा निशुल्क स्वास्थ्य परामर्श दिने भएको छ । असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको तयारी भइरहेको एकेडेमी
वराहक्षेत्रको चतरास्थित बयरवन सामुदायिक वन क्षेत्र भित्र अवैध-अतिक्रमण गरी निर्माण गरिएको पक्की भवन निर्माण पक्षलाई सामुदायिक वनले ताकेता गरेको छ । सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण गरिएको भवन वेवारिसे भएको कोशीपत्र दैनिकको अनलाइन पोर्टलमा प्रकाशित भएपछि वनले कसले, के को लागि, कुन सस्थाले, कुन प्रयोजनका लागि निर्माण गरेको हो ? सो को विवरण लिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा सरोकार वाला संघसस्था समूहलाई आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । वराह सब डिभिजन वन कार्यालय चतराले अवैध संरचना बारे सामुदायिक वन समक्ष विवरण माग गरेपछि
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत १८ गते देखि पिसिआर परिक्षण शुरु गरिए यता ५० हजार भन्दा बढी पिसिआर परीक्षण गरिएकोमा २ हजार १ सय ४३ पिसिआर पोजिटिभ आएको छ । कुल पिसिआर मध्ये ४८ हजार १ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार भदौ २९ गते सम्म कुल ५० हजार ७ सय ६९ पिसिआर परीक्षण गरिएको छ । सोमबार मात्र एकै दिन १ हजार ८६ पिसिआर परीक्षण गरिएको उनले बताए । अहिले दैनिक एक हजारदेखि १५ सयसम्म पनि पिसिआर परीक्षण भइरहेको उनको भनाई छ । प्रदेश १ का सबै जिल्लाको स्वाब परीक्षण भइरहेको छ भने प्रदेश २ को सिरहा, सप्तरी, धनुषालगायतको