धरान । जननेता स्वर्गीय मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा धरानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुनसरी क्षेत्र नं। १ कमिटि, तथा नेपाल केन्पो खुकुरी माशर्ल आर्ट्स संघ र राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटीको संयुक्त आयोजनामा भानुचोकमा भएको रक्तदान कार्यक्रममा १ सय ६ पिन्ट रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा अभियानसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १ सय ६ पिण्ट रगत संकलन भएको एकेडेमीका क्षत्रीय अध्यक्ष चित्र लिम्बुले जानकारी दिए । खुकुरी माशर्ल आर्ट्स संघ का नगर अध्यक्ष्य राजिव गुरूङले कोरोना महामारीको अवश्थामा रक्तदान कार्यक्रम हुन नसक्दा अस्पतालमा रगत अभाव हुनथाले पछि रक्तदान कार्यक्रम गरिएको बताए ।
रेडक्रस सोसाइटीले पनि देशमा रगत अभाव छ भनिरहेको अवस्थालाइ बुजेर कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० का केन्द्रिय सदस्य मुरारी सुवेदीले कोरोना महामारीले देशभर रगत अभाव भएको अवस्थामा युवाहरु संगठित भएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण परोपकारी र सामाजिक कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा नेपाली कांग्रेसका धरान उपमहानगरपालिकाको नगर प्रमुख तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम मा स्वागत मन्तव्य राष्ट्रिय युवा संघ धरान उप(महानगर कमिटि का नगर ईन्र्चाज साथै नेकपा एमाले धरान वडा नं। १० कमिटि का अध्यक्ष्य विवेक राईले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।
त्यस्तै राष्ट्रिय युवा संघ धरान उप(महानगर कमिटि का अध्यक्ष भवानी भक्त दाहालले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। ‘देशमा अहिले रगत अभाव भएसंगै सरकारले पनि रगत दान गर्नेलाई प्रोत्साहित गदै आएको बताए ।
रक्तदानमा राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।