उत्पादनमा कमी आउँदा आँपको मूल्य आकाशियो

  • असार १५, २०७८
  • " रासस"
alt तस्वीर गुगल

उदयपुर । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् ।

आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।

विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रू। २० देखि ३० पर्नेमा यस वर्ष रू। ७० देखि १०० सम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।

‘उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो’, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भने’, ‘विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रू। ३० मा किनेर खाने गरेको आँप अहिले रू। ७० भन्दा बढी पर्ने गरेको छ ।’ आँपका थोक विक्रेताले किसानबाट सयकडाका दरमा खरीद गरी किलोग्राममा विक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् ।

त्रियुगा नगरपालिका(१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रू। ८०० का दरले खरीद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दुःखेसो पोखे । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको विक्री गर्न मानेका छैनन् ।

स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रू। ७० मा विक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रू। ३० देखि ४० सम्म विक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उनको भनाइ छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार, भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिए ।

यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्‍याएपछि आँपको उत्पादन घटेको उनको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जानकारी दिएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved