सुनसरी । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ५१ महिला र ३ सय ४ पुरुष रहेका छन् ।
सामाजिक विकाश मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा विहिबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेहरुमा झापामा १ सय ४३, सुनसरीमा १ सय ३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३ जना छन् । सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४ जना छन् ।
यसैगरि, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१ जना छन् ।
उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ ।