धरान। बिगत १६ दिन देखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीहरुले आज चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिस्ठान धरायसी बन्नुको साथै झन समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
चौध दिन दैनिक धर्ना र बिरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघि देखि रिले अनसनमा थियो ।
१६ दिन पछि मुख्य पदाधिकारीहरुले वार्ता बोलाए पनि उपकुलपतिले मादक पदार्थ सेवन गरेर आए पछि वार्ता बिथोलिएको थियो । उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाएर पनि अन्य पदाधिकारीहरुले वार्ता बोलाउनु गम्भीर त्रुटि रहेको आरोप लगाउदै चारै पदाधिकारीको बहिर्गमनको माग गर्दै तालाबन्दी गरेका हुन ।
समितिले असक्षम पदाधिकारीहरुको राजिनामा तथा बहिर्गमन, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलिको गठन गरिनु पर्ने, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवम् बिज्ञको सुझाव अनुसार विशिष्टिकृतहरुको समूह बनाइ उनिहरुको सुझावको आधारमा पदाधिकारी चयन गर्नु पर्ने माग गरेका छन् ।
मागहरु सम्बोधन गर्न १ हप्ताको अल्टिमेटम दिएका छन् । एक हप्ता सम्म पनि माग सुनुवाइ नभए सामुहिक राजिनामा दिएर राजधानी केन्द्रित आन्दोलन गर्ने समितिका संयोजक डा। एस।पि। रिमालले बताए । पदाधिकारी चयन गर्ने पद्धति गलत भएको पुष्टि भैसकेको बताउदै उनले भने, ञराज्यका सम्पुर्ण शैक्षिक एवम् स्वास्थ्य संस्थाहरु कसरी राजनैतिक दलदलमा फसेका छन्, कसरी धरायसी गरिन्दैछ गम्भीरतापुर्वक सोचिनु पर्छ ।झ समितिले रिले अनसनको अन्त्य गर्दै पुनः उपकुलपति कार्यालय अघि दैनिक २ घण्टा बिरोध तथा ध्यानाकर्षण कार्यक्रम जारी राख्ने भएको छ ।