बिपिका चारै जना पदाधिकारीको बहिर्गमनको माग गर्दै कार्यकक्षमा तालाबन्दी

  • असार १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। बिगत १६ दिन देखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीहरुले आज चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिस्ठान धरायसी बन्नुको साथै झन समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

चौध दिन दैनिक धर्ना र बिरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघि देखि रिले अनसनमा थियो ।

१६ दिन पछि मुख्य पदाधिकारीहरुले वार्ता बोलाए पनि उपकुलपतिले मादक पदार्थ सेवन गरेर आए पछि वार्ता बिथोलिएको थियो । उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाएर पनि अन्य पदाधिकारीहरुले वार्ता बोलाउनु गम्भीर त्रुटि रहेको आरोप लगाउदै चारै पदाधिकारीको बहिर्गमनको माग गर्दै तालाबन्दी गरेका हुन ।

समितिले असक्षम पदाधिकारीहरुको राजिनामा तथा बहिर्गमन, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलिको गठन गरिनु पर्ने, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवम् बिज्ञको सुझाव अनुसार विशिष्टिकृतहरुको समूह बनाइ उनिहरुको सुझावको आधारमा पदाधिकारी चयन गर्नु पर्ने माग गरेका छन् ।

मागहरु सम्बोधन गर्न १ हप्ताको अल्टिमेटम दिएका छन् । एक हप्ता सम्म पनि माग सुनुवाइ नभए सामुहिक राजिनामा दिएर राजधानी केन्द्रित आन्दोलन गर्ने समितिका संयोजक डा। एस।पि। रिमालले बताए । पदाधिकारी चयन गर्ने पद्धति गलत भएको पुष्टि भैसकेको बताउदै उनले भने, ञराज्यका सम्पुर्ण शैक्षिक एवम् स्वास्थ्य संस्थाहरु कसरी राजनैतिक दलदलमा फसेका छन्, कसरी धरायसी गरिन्दैछ गम्भीरतापुर्वक सोचिनु पर्छ ।झ समितिले रिले अनसनको अन्त्य गर्दै पुनः उपकुलपति कार्यालय अघि दैनिक २ घण्टा बिरोध तथा ध्यानाकर्षण कार्यक्रम जारी राख्ने भएको छ ।

bp 2

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved