प्रदेश १ मा ७ सय १७ संक्रमणमुक्त, ३ सय ६८ संक्रमित थपिए

  • असार १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा बुधबार ७ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ ।

प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १ सय ५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६ सय ६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २ सय ५६ रहेको छ । प्रदेश १ मा आज १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved