धरान/ गायिका उर्मिला राईको स्वरको रहेको ‘फूल होस् त्यहाँ’ बोलको गीतको म्युजिक भिडियो आज आईतबार सार्वजनिक भएको छ। धरान ५ स्थीत फेमेली भिन्टेजमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईद्वारा उक्त भिडियो सार्वजनिक गरिएको हो। गायिका उर्मिला राईको पन्ध्रौं गीतको रुपमा रहेको उक्त गीतको रचना तथा संगीत हेम विश्वकर्मा, संगीत संयोजन हेम सुब्बा तथा म्युजिक भिडियोको छायांकन शीरकुमार साम्पाङ राई र निर्देशन राजन क्षेत्रीले गरेको हो। यसैगरी भिडियोमा मोडल करिश्मा क्षेत्रीले अभिनय गरेकी छन्। सुनसरीको विभिन्न रमणीय पर्यटकिय स्थलहरुमा छायांकन गरि दुई लाखको लागतमा
विराटनगर । केन्द्रमा चुनावी तालमेलका लागि मोर्चा कस्न नेताहरु ‘लन्च मिटिङ’मा व्यस्त भईरहँदा प्रदेश र जिल्ला तहमा पनि कांग्रेसको चुनावी माहोल तात्न थालेको छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद नदेखिएका प्रदेश १ का कतिपय जिल्लाहरुमा नेतृत्वमा पुग्ने आकांक्षीहरुले भेटघाट गर्नेदेखि आफू चुनावमा उठ्नेसम्म बताउँदै मत माग्न थालेका छन् । कांग्रेसको वडादेखि प्रदेशसम्मको अधिवेशन र केन्द्रीय महाधिवेशनको विषयमा उमेदवार अनि कार्यकर्ता पंक्तिमा छलफल, भेटघाट र चुनावी जोडघटाउ शुरु भएका छन् । भर्चुअल र भौतिक भेटघाटसहितका छलफलले अधिवेशनको रन्को लाग्न शुरु भएको देखिएको छ । राजनीतिक हिसाबले निक्कै महत
धरान । विगत बिस दिन देखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देश व्यापी बन्दै गएको छ । देशका विभिन्न जिल्लाहरुमा २० दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देश व्यापी बन्दै गएको हो । प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दा सम्म पनि पदाधिकारीहरु द्वारा कुनै सुनुवाई नभए पछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँन धरान आइपुगेका छन् । गत असार १५ गते मा
इटहरी / इटहरीको बेग्ला बेग्लै स्थानबाट अवैध लागुऔषध खैरोहिरोइन सहित चार जनालाइ प्रहरीले पक्राउ गरी अनुशन्धान प्रकृिया अघि बढाएको छ । शनिबार इटहरीको बेग्ला बेग्लै स्थानबाट सुराकिको आधारमा प्रहरीले चार जनालाइ पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा इटहरी ६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी ८ बस्ने २५ वर्षीय माइकल भनिने शम्भु कार्की र इटहरी ५ बस्ने २० वर्षीय सुजन श्रेष्ठ रहेको इटहरी प्रहरीका प्रमुख डिएसपि अर्जुन केशिले बताए ।डिएसपि केशिका अनुसार उनीहरुको साथबाट २१ ग्राम खैरोहिरोइनसहित नगद ३१ हजार ६ सय रुपैँया समेत बरामद गरेको बताए । उनिहरूले प्र। १–०२–०४२ प ७२९७ नम्बरको मोटरसाइकलमा
मोरङ/ श्रीमतिको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ ।श्रीमतिको हत्या गरी फरार रहेका बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरे प्रक्राउ परेका हुन् । घिमिरेले आफ्नै श्रीमति सीता घिमिरेलाई काठको मुंग्रो प्रहार गरी त्यहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ४८ बर्षीय श्रीमति सीता घिमिरेलाई मादक पदार्थ सेवन गरी सामान्य विवाद पर्दा मुंग्रोले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । भनाभनकै क्रममा आवेशमा आएर घिमिरेले श्रीमतिलाई राती सुतेकै ठाउमा हिर्काएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घिमिरेले मुंग्रोले बाया कञ्चटमा बारम्बार प्रहार गरेको प्रहरी
धरान । बिगत २० दिन देखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली प्रदर्शन गरेका छन् । प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान निकालिएको बृहत बिरोध र्यालीमा चिकित्सक, विद्यार्थी, कर्मचारीको उपस्थिती रहेको थियो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक बाट पुनः उपकुलपति कार्यलय अघि सभामा परिणत भएको थियो । संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यम
धरान/ जब जब बर्षाद्को समय आउछ धरानका सर्दु र सेउती किनारमा घर बनाएर बस्ने सुकुम्बासीको निन्द्रा नै गायव हुने गरेको छ ।बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बासोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर सुत्दैनन् । धरानका सर्दु र सेउती खोलाको किनारमा छाप्रो हालेर बस्दै गुजारा गर्दै आएका १५ हजार घर परिवार सुकुम्बासी बस्ती बर्षादको समयमा जोखिममा पर्ने गर्दछ । बाढीका सममयमा उनीहरु रातभर सुन्दैनन् । कारण बाढीले धनजनको क्षति गर्ला भन्नेचिन्ता उनीहरुमा छ । जब आकाशमा बादल मडारिन थाल्छ उनीहरुमा डर त्रासले डेरा जमाउछ । ५ बर्ष अगाडिदेखि परिवारका साथ सेउतीको किनारमा छाप्रा बनाएर बस
धरान । होटल मेनेजमेन्ट विषयमा उत्कृष्ट बनेको धरान स्थित युएन नवोदय कलेजले प्लस टु तहमा फुड एण्ड न्युटृसियन सहित कम्प्युटर साइन्स र साइन्स बिषय संचालन गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गरी कलेजका संचालक डम्वर कुमार तुम्बापोले प्लस टु मा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय सञ्चालनमा आउन लागेको बताए । धरानलाइ शैक्षिक हबको रुपमा बिकाश गर्दै सीमित विद्यार्थी गुणस्तरीय शिक्षा कलेजको लक्ष्य रहेको क्याम्स प्रमुख तुम्बापोले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा जोडदिनु
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्रि हस्तान्तरण गरीएको हो । सो कार्यक्रम अन्तरगत वडा नम्बर ५मा धानवालि पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । उनका अनुसार धान वालिका लागि ३० विगाहा र तरकारी खेतिका लागि ३० बिगाहा जमिन छुट्याइएको छ । बगुर पकेट क्षेत्रमा १ सय वटा बगुरका माउ समेत बितरण गरीसकेको नगरपालिकाको कार्यालयले जनाएको छ । धान पकेट
इटहरी । तीन दिन देखि परेको लगातारको वर्षाले सुनसरीको दर्जनबढी बिकशित तथा ग्रामिण भेगहरू जलमग्न बनेका छन । सुनसरीको इटहरी , धरान , बराहक्षेत्र , इनरूवा , दुहबी ,सोनापुर , तरहरा , रामधुनी लगायतका शहरहरू वर्षाले डुबानमा परेका हुन । तिन दिन देखि परेको अविरल वर्षाका कारण स्थानीइय खोला नालाहरूमा पानीको बहाव नियन्त्रण बाहिर हुन पुग्दा अधिकांस भु भाग जलमग्न बनिन पुगेका हुन । वर्षाका कारण इटहरीको धेरै क्षेत्र अहिले डुबानमा परेको छ । ढल निकाश हुन नपाउँदा इटहरीको मुख्य राजमार्ग जलमग्न बनिनपुगेको छ भने टेंग्रा खोलामा आएको बाढिले हटीया लाइन , शैनिक चौक , भेटघाट मार्ग , बिराटनगर रोड र भित्रि मार्गहरू सबै ड