धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०÷५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । राजमार्गबाट करिब ३० मीटर नजिक बाँसको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । किरा परेर लास सड्न थालिसकेको छ । मृत्तकको पहिचान गर्न नै समस्या भएको डिएसपी श्रेष्ठले बताए । शवको पहिचानका लागि जिल्ला मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर गरिएको प्रहरीले बताएको छ । बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको हुन् र के कारणले मृत्यू भयो भन्ने खुल्न सकेको छ
काठमाडौ / बिहिबार थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । नेपालमा मृतकको संख्या ३८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् ।
धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा
धरान । लकडाउनका कारण रक्तदान कार्यक्रम नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि धरानमा मदन भण्डारी स्पोर्टस एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको हो । विहिबार पत्रकार सम्मेलन गरि रक्तदान सहित निशुल्क स्वास्थ्य परामर्श समेत दिइने जनाएको छ । मदन भण्डारी फाउण्डेसनको भातृसंगठनको रुपमा रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसलाई रचनात्मक ढंगले मनाउने जनाएको छ । लकडाउनका कारण लामो समय देखि रक्तदान कार्यक्रमहरु गर्न नपाउँदा अस्पता
इलाम / इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृतअवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा अड्किरहेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीको भनाई छ । मृत व्यक्तीको परिचय खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
धरान/ बर्दिया क्षेत्र नं १ बाट गत २०७४ सालको निवार्चनमा पराजित भएका नेकपा उपाध्यक्ष समेत रहेका वामदेव गौतम राष्ट्रिसभामा मनोनित भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निणर्य अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।
इटहरी । सुनसरीको इटहरीमा विहिबार १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आए सँगै कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ । पछिल्लो तिन दिनमा गरिएको स्वाब परिक्षणको विहिबार आएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरुमा इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का २६ वर्षिय एक पुरुष सहित ११, २२, २४ वर्षिय महिला रहेका छन् भने वडा नम्बर ९ का १८ र ५२ वर्षिय २ जना पुरुष, १३ का ३५ र ६० वर्षिय दुई पुरुष, इटहरी १९ का ३९ वर्षिया महिला, २० का १३ वर्षिय बालिका सहित र १६ र २० वर्षिय पुरुष, ससस्त्र प्रहरी पकलीका २७ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षिय १ जन
इलाम / नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले बताइन । प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुने
इटहरी । कोरोनाको त्रास संगै बिहीबार बिहानै देखि परेको अविरल वर्षाका कारण बिश्वकर्मा पुजा प्रभावित बनेको छ । केहि दिन यता पूर्वि तराइका पहाडी जिल्लाहरू लगायत प्रदेश एकका विभिन्न जिल्लाहरूमा निरन्तर भारी वर्षा भइरहेको छ । धार्मिक परम्परा अनुसार आज अशोज १ गते अर्थात आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गर्ने गर्छन । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्छन भने मन्दिरहरुमा भिड लाग्ने गरेको छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर पुजा गर्ने चलन छ। भारी वर्षाका कारण अघिल्लो बर्षहरु झै मन्दिरमा भिडभाड देखिन
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायी संघ इटहरीले बुधबार स्वागत तथा सम्मान संगै अन्तर्कृया गरेको छ । कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे । इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गर्दा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि स