“रातभर निन्द्रा लाग्दैन”

  • असार २०, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/  जब जब बर्षाद्को समय आउछ धरानका सर्दु र सेउती किनारमा घर बनाएर बस्ने सुकुम्बासीको निन्द्रा नै गायव हुने गरेको छ ।
बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बासोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर सुत्दैनन् । धरानका सर्दु र सेउती खोलाको किनारमा छाप्रो हालेर बस्दै गुजारा गर्दै आएका १५ हजार घर परिवार सुकुम्बासी बस्ती बर्षादको समयमा जोखिममा पर्ने गर्दछ । बाढीका सममयमा उनीहरु रातभर सुन्दैनन् । कारण बाढीले धनजनको क्षति गर्ला भन्नेचिन्ता उनीहरुमा छ ।

जब आकाशमा बादल मडारिन थाल्छ उनीहरुमा डर त्रासले डेरा जमाउछ । ५ बर्ष अगाडिदेखि परिवारका साथ सेउतीको किनारमा छाप्रा बनाएर बस्दै आएकी २५ बर्षीय मनिता तामाङ, ६० बर्षीया सुन्दरी राई अनि ५० बर्षीय रमेश राई बर्षाद्को समयमा कहिल्यै राम्ररी सुत्न नपाएको बताउछन् । बर्षात्संगै आएको बाढीले खोला छेउमै भएको आफ्नो छाप्रो लग्ने हो कि चिन्ता उनीहरुमा उत्तिकै छ ।

१० बर्ष अगाडिसम्म आफूले ्नो छाप्रो खोलादेखि ५ सय मिटरको दुरीमा भएपनि बर्षेनी बाढीको कटानले घर नजिक खोला पुगेपछि उनलाई निन्द्रा लाग्न छाडेको हो । समस्या समाधान नभएपछि स्थानीयहरु नै त्यस स्थानमा अल्पकालीन समस्याका लागि तार जाली लगाउने गरेका छन् । स्थानीय बासिन्दा मिलेर तारजाली किनेर वैकल्पिक समस्या समाधान गरे पनि यो दीर्घकालीन समस्या समाधान हुन नसकेको उनीहरुको गुनासो छ । विगतमा राजनीतिक दलहरुले भोट बैंकको रुपमा सुकुम्बासीहरुलाई लिएको भन्दै निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुबाट भने उनीहरुले अपेक्षा राख्न भने छाडेका छैनन् ।

धरानमा १५ हजार सुकुम्बासी घर रहेका छन् । यी मध्ये ९० प्रतिशतका घर खोला किनारामा रहेका छन् । सेउती र सर्दु खोलाको किनारमा रहेका यस्ता बस्ती बर्षेनी आएको बाढीमा धार परिवर्तन गरी आफ्नो बस्ती नै जोखिममा पार्ने गरेका कारण पनि उनीहरु चिन्तित बनेका हुन् ।

यता नवा निर्वाचित मेयर, उपमेयर तथा वडाअध्यक्षको पहिलो प्राथमिता पनि सुकुम्बासी समस्या भएको पदग्रहणकै समयमा प्रतिबद्धता गरेका थिए । धरानमा रहेका सुकुम्बासीलाई र नम्बर दिने देखि लिएर धनी पूर्जा दिनेसम्मको कामलाई पहल गर्ने निर्वाचिन जनप्रतिनिधिले बताएका थिए । जोखिमपूर्ण अवस्थामा बसेका सुकुम्बासी बस्तीको विषयमा धरान उपमहानगरपालिकाले नया योजना ल्याउने भनिए पनि नगरपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन ।

धरानमा एकातिर बर्षाद्सगै आएको बाढीले बर्षेनी खोलाको कटानसंगै धार परिवर्तन गर्ने क्रमले तिब्रता पाएको छ भने अर्कोतिर यस्ता स्थानमा घर बनाएर बस्नेको संख्या पनि बर्षेनी बढ्ने गरेको छ । धरान उपमहानगरपालिकाकाले यस विषयमा बेलमैमा नसोच्ने हो भने भोलि विकराल अवस्था नआउला भन्न सकिन्न ।

तस्करीको प्रयास असफल ...

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभ ...

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved