बिसौ दिन पनि बिपि सुधारको माग गर्दै आन्दोलन जारी

  • असार २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिगत २० दिन देखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली प्रदर्शन गरेका छन् ।

प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान निकालिएको बृहत बिरोध र्यालीमा चिकित्सक, विद्यार्थी, कर्मचारीको उपस्थिती रहेको थियो ।

उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक बाट पुनः उपकुलपति कार्यलय अघि सभामा परिणत भएको थियो ।

संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले गठन गरेको समितिसँग मात्र वार्ता गर्ने घोषणा गरेको छ ।

एक साताभित्र पनि माग पुरा नगरे सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिले जनाएको छ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved