मोरङ/ श्रीमतिको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ ।
श्रीमतिको हत्या गरी फरार रहेका बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरे प्रक्राउ परेका हुन् । घिमिरेले आफ्नै श्रीमति सीता घिमिरेलाई काठको मुंग्रो प्रहार गरी त्यहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
४८ बर्षीय श्रीमति सीता घिमिरेलाई मादक पदार्थ सेवन गरी सामान्य विवाद पर्दा मुंग्रोले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । भनाभनकै क्रममा आवेशमा आएर घिमिरेले श्रीमतिलाई राती सुतेकै ठाउमा हिर्काएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घिमिरेले मुंग्रोले बाया कञ्चटमा बारम्बार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
प्रहार गरेपछि उनी सिरानीले मुंग्रो लुकाएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । फरार भएका घिमिरेलाई ईलाका प्रहरी कार्यालय बेलबारीले शनिवार बिहान करिब ५ बजे घरदेखि करिब २ किलोमिटर दक्षिणमा रहेको खाली ग्वालीबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । प्रक्राउ गरिएका उनलार्ई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।