इटहरी / इटहरीको बेग्ला बेग्लै स्थानबाट अवैध लागुऔषध खैरोहिरोइन सहित चार जनालाइ प्रहरीले पक्राउ गरी अनुशन्धान प्रकृिया अघि बढाएको छ । शनिबार इटहरीको बेग्ला बेग्लै स्थानबाट सुराकिको आधारमा प्रहरीले चार जनालाइ पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा इटहरी ६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी ८ बस्ने २५ वर्षीय माइकल भनिने शम्भु कार्की र इटहरी ५ बस्ने २० वर्षीय सुजन श्रेष्ठ रहेको इटहरी प्रहरीका प्रमुख डिएसपि अर्जुन केशिले बताए ।डिएसपि केशिका अनुसार उनीहरुको साथबाट २१ ग्राम खैरोहिरोइनसहित नगद ३१ हजार ६ सय रुपैँया समेत बरामद गरेको बताए ।
उनिहरूले प्र। १–०२–०४२ प ७२९७ नम्बरको मोटरसाइकलमा लागु औषध किनबेच गर्दै गरेको सुराकि पाएपछि प्रहरीले शनिबार नै नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपी केशिको भनाइ छ । उनिहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको मोबाइल सेट ३ थान , सुन जस्तै देखिने पहेलो धातुबाट निर्मित एक औठि , हर्कमाया थापा नाम गरेको एनएमबी बैँकको खाली चेक, शम्भु कार्कीको नाम गरेको सवारी चालक अनुमति पत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै शनिबार दिउसो नै इटहरीबाट एक ब्याक्तिलाइ खैरो हिरोइन सहित पक्राउ गरिएको छ ।
प्रहरीबाट तर्किदै हिडेको देखेपछि शंकालागि नयन्त्रणमा लिदा ति ब्याक्तिको गोजिबाट पनि खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेमा इटहरी ५ बस्ने २१ वर्षीय सनम राई रहेको इटहरी प्रहरीले बताएको छ । उनको साथबाट शय मिलिग्राम अवैध लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ चारै जनालाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकिय अनुशन्धान प्रकिृया अघि बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।