वीपी सुधार आन्दोलन देशव्यापी बन्दै : पदाधिकारीको राजिनामा अन्तिम सर्त

  • असार २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विगत बिस दिन देखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देश व्यापी बन्दै गएको छ ।

देशका विभिन्न जिल्लाहरुमा २० दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देश व्यापी बन्दै गएको हो । प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दा सम्म पनि पदाधिकारीहरु द्वारा कुनै सुनुवाई नभए पछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँन धरान आइपुगेका छन् ।

गत असार १५ गते मादकपदार्थ सेवन गरि उपकुलपति वार्तामा बसे पछि वार्ता भाडिएको थियो । उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा पहिलो बटमलाइनमा राखेका छन् । उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा आउनु र अन्य पदाधिकारीहरुले रोक्न नसक्दा चारै जना पदाधिकारीहरु गैह्रजिम्मेवार रहेको आरोप लगाउँदै पहिलो मागनै राजिनामा रहेको छ ।
संयुक्त संघर्ष समिती बनाएर आन्दोलन चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानमा दैनिक विरोध सभा गर्दै आएका छन् भने देशका विभिन्न स्थानमा पनि विरोध सभा, प्रदर्शन भइरहेको छ । केही दिन अघि डा. गोविन्द केसीले प्रेस विज्ञप्ती जारी गरि चारै पदाधिकारीहरुको राजिनामाको माग गरेका थिए । शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले पदाधिकारीहरूको कार्यशैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । भ्रष्ट र दलीय आधारमा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले पनि यस्तो अवस्था आएको उनको भनाइ छ ।

त्यस पछि क्रमशः पेशागत संघसंगठनहरुले पनि विज्ञप्ती जारी गरी आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउँदै पदाधिकारी नियुक्तिमा राजनितिक भागबण्डा बन्द गरिनुपर्ने माग गरेका छन् । झापा, बुटबल, काठमाण्डौंमा दैनिक धर्ना तथा विरोधसभा भइरहेको छ ।

गत शुक्रबार सरकारी चिकित्सक संघ नेपालले ऐक्यबद्धता जनाउँदै प्रभावकारी अध्ययन–अध्यापन तथा नतिजामुखी अस्पताल संचालन होस भनि मेडिकल विश्वविद्यालयलाई अध्ययन अध्यापनको भुमिकामा राख्ने र अस्पतालहरु सोझै मन्त्रालय अन्तर्गतको व्यवस्थापनले संचालन गर्नु पर्ने संघको पुरानै मागलाई स्तरण गराएको छ । त्यसै गरि नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले सत्यतथ्य छानबिन गर्नको लागि अविलम्ब उच्च स्तरिय छानबिन समिती गठन गरी वार्ता मार्फत उत्पन्न समस्या समाधान गर्न माग गरेको छ ।

त्यसै गरि संघको धरान नगर शाखाका कार्यवाहक अध्यक्ष डा. रविन मास्केले पनि प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति पुर्ण समर्थन रहेको बताएका छन् । त्यस्तै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन केन्द्रले पनि विज्ञप्ती जारी गरेका छन् ।
आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको नेतृत्वमा काठमाण्डौंको माइतिघर मण्डलामा दैनिक रुपमा विरोध प्रदर्शनी भइरहेको छ । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै वीपी प्रतिष्ठान सुधार्ने आन्दोलन राज्यका सबै संस्था सपार्ने शुरुवात बन्नसक्छ, दलाली र दलीय स्वार्थ चक्रबाट स्वास्थ्य सेवालाई स्वस्थ्य राखौं, अपरान्ह ४ बजे माइतिघर आउन आग्रह गरेका छन् ।

आन्दोलनलाई थप बलियो बनाउन संघर्ष समितीले प्रतिष्ठानका सरोकारवालाहरुलाई सँगको व्यापक छलफल चलाइरहेको छ । पुर्व उपकुलपति, स्वास्थ्य विज्ञहरु सँग छलफल र बहस गरे पछि त्यसको निश्कर्ष पछि पुनः आन्दोलनको बाटो तय हुने समितीका संयोजक डा. एसपी रिमाल बताउँछन् । उनले भने, पत्रकार, पुर्व उपकुलपति, स्वास्थ्य विज्ञहरु सँग जुम मार्फत छलफल चलाइरहेका छौं, उहाँहरु सँगको छलफलबाट आएको निश्कर्ष पछि थप आन्दोलनको बाटो तय हुनेछ ।’

आन्दोलनले पहिलो माग नै चारै जना पदाधिकारीहरुले नैतिकताको आधारमा राजिनामा रहेको छ । रिमालले भने, ‘उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा बस्नु, प्रोफेसर नभइ आफै पद लेख्नु त्यसले गर्दा राजिनामा दिनुपर्छ, अन्य पदाधिकारीले चै त्यो अवश्थालाई रोक्न नसक्नु, पदिय जिम्मेवारी पुरा गर्न नसकेकोले राजिनामा दिनुपर्छ ।’
अनियमितता र भ्रष्टाचारको आरोपलाई स्पष्ट पार्न सरकारले छानबिन समिती गठन गरेर संवैधानिक आयोगले अध्ययन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ । उनले भने, ‘अहिलेका चारै पदाधिकारीले राजिनामा दिए पछि नयाँ आउने पदाधिकारीको चयन नियमावली अनुसार मापदण्ड पुर्याएर ल्याउनुपर्छ ।’

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved