इलाम । चैत्र ११ गते बाट नेपालमा वन्दा वन्दी शुरु भयो । वन्दावन्दी सँगै बन्द भएका इलामको श्री अन्तुमा रहेको होटल, कटेज र होमस्टे पनि बन्द भए । बन्द भएको छ महिना पछि होटल, कटेज र होमस्टे पनि खुले । होटल, कटेज र होमस्टे खुले सँगै त्यहाँ आउने पर्यटक प्रति गरिनै सत्कार शैलि पनि फेरीएको छ । वन्दावन्दी हुनु पूर्व आउने पर्यटकलाई फर्कने वेलामा फूलको गुच्चा र खदाले सत्कार गर्ने गर्दथे । तर यति वेला आउने पर्यटकले भने पूmलको गुच्चा र खदा भने पाउँदैनन । यतिवेला अन्तुमा सञ्चालन गरेको होटल, कटेज र होमस्टे व्यवसायी भने अलग्गेै बसेर पर बाट नमस्कार गर्ने गर्दछन । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुर
धनकुटा / कोरोना भाइरस संक्रमित धनकुटाकी एक वृद्धको आज विहान मृत्यू भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीया बृद्धाको मृत्यू भएको हो । धनकुटा नगरपालिका–३ निगालेकी वृद्धाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले पुष्टि गरे । उनी पहिलेदेखि नै दिर्घ रोगबाट पीडित रहेकी थिईन् । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गराउँदा उनको एकहप्ता अगाडी कोरोना पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट धनकुटाका मृत्यू भएको यो पह
इटहरी । इटहरीबाट सञ्चालित एक टेलिभिजनमा कार्यरत सञ्चारकर्मी महेश गुरागाइ कोरोना सामान्य नरहेको सुनाउँछन । शुरूमा केहि हैन भनेर बस्दा स्वयम आफैलाई अक्सिजन सम्म लगाउनु पर्ने अवस्थामा पुगेको उनको भनुभव छ । कोरोनाबाट बच्ने उपयोगी उपाय टेलिभिजन मार्फत आम दर्शकहरूलाइ सिकाइरहँदा गुरागाइ आफै संक्रमित भए । केहि समय अघि धरान स्थित बिपि प्रतिष्ठानको कोविड १९ अस्पतालमा भर्ना भएका थिए । अहिले उनी कोरोना निको भएर घर फर्किसकेका छन । इटहरी उद्योग वाणिज्य सघंका अध्यक्ष भिम पौडेल पनि कोरोनालाइ सामान्य सम्झन नहुने बताउँछन् । सामान्य रुघा लागेको कारण शंका लागी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको स्
धरान । गत भदौ २२ गते आफ्नै कोठामा झुण्डिएको अवश्थामा भेटिएकी धरान ११ की सुनिहाङमा लिम्बुको आत्महत्याको घटना एक पक्षको आरोप टुङ्गो लागे पनि अर्को पक्षले पुनः आत्महत्याको कारण बारे चासो देखाउँदै घटनाको छानबिन गर्न माग गरेको छ । दुवै पक्षले आत्महत्याको कारण बारे छानबिन गर्न माग गरे पनि यस अघि सुनिहाङमाका माइती पक्षले केटा पक्षका ४ जना विरुद्ध अदालतमा उजुरी नै दिएका थिए । त्यस पछि दुई पक्षमा विभाजन भएको थियो । सुनिहाङमा पक्षले दिएको आत्महत्या दुरुत्साहत मुद्धाको किटानी जाहेरीको केटा पक्षका चार जनालाई २६ दिन अनुसन्धानमा राखिएको थियो । जनही १ लाख ५० हजार धरौटी लिई तारिखमा राख्ने आदेश दिएको छ । उनहर
इटहरी । कोरोना कहर बिच लामो समयको लकडाउन पछि बल्ल तल्ल उठ्दै गरेको बजार पुनः दशैको मुखमा बन्द हुने हल्लाले सुनसरीका व्यवसायीहरू चिन्तित बनेका छन । करीब ५ महिनाको लकडाउन र निषेधाज्ञाले ठप्प बनेको ब्यापार ब्यवसाय सरकारले गत साउन ६ गते देखि खुकुलो बनाएसंगै ब्यवसायिहरूले थोरै राहत पाएका थिए । दैनिक संक्रमणको संख्या दुइ गुणाले बढदै समुदाय स्तरमै नकरात्मक असर पार्नुका साथै मानविय क्षति समेत बढेकोले सुनसरीमा पुनः लकडाउन हुने हल्ला बजारमा चल्न थालेको छ । सरसकारले लकडाउन खुलाए पनि ब्यापार व्यवसायले सोचे जस्तो प्रगति नगरेको बेला नजिकिएको चाडपर्वले भने केहि चहल पहल बढाए संगै फेरी लकडाउन हुने हल्ला बजारम
धरान । पहिलो लकडाउन खुकुलो भए सँगै धरानमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहे पनि स्थानीय तहका सरोकारवाला पक्षको भुमिका भने शुन्य रहेको छ । धरान उपमहानगरपालिकाको समन्वयमा काम गर्ने सामाजिक संस्था तथा राजनितिक दलहरुको भुमिका खासै देखिएको छैन् । विभिन्न समयमा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने संघसंस्थाहरु कोरोनाको संक्रमण बढिरहेको अवश्थामा अभियान संचालन गर्न नसक्दा पनि नागरिककै लापरवाहीले कोरोना संक्रमण बढी रहेको छ । सरकारले नागरिक आफै सचेत भए मात्रै कोरोना नियन्त्रण गर्न तथा रोकथाम गर्न सकिने जनाउँदै सचेत रहन आग्रह गरिरहेको छ तर स्थानीय तहमा सचेतनाका कार्यक्रमहरु कमै हुने गरेका छन् । स्
धनकुटा÷धनकुटाका विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएको अबैध गाँजा फडानीलाई प्रहरीले तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्देशनमा मातहतका प्रहरी चौकीहरुको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका करिब २२ हजार बोट गाँजा फडानी गरी नष्ट गरिएको छ । जिल्लाको सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्र सहिदभूमि गाउँपालिका–२, ३ र ४ वडाको साम्बु गाउँ, पाताल, तिलुवाटार र ढोलमुखा लगायतका स्थानमा प्राकृतिक रुपमा उम्रिएको ३३ रोपनी क्षेत्रफलमा रहेको १० हजार ९ सय ५० बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । सो क्षे
धरान । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गर्न दिइने निर्णय जिल्ला प्रशासन कार्यालय सुनसरीको सुरक्षा समितीले निर्णय गरेको छ । समितीको निर्णय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनाको समुह बनाएर कक्षा संचालन गर्न अनुमती दिएको छ । १५ जनाको सिफ्ट मिलाएर कक्षा संचालन गर्ने शिक्षा मन्त्रालयको निर्देशन अनुसार व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । १० देखि १५ जनाको ग्रुप बनाएर मात्र कक्षा शुरु गर्न दिने निर्देशिका अनुसार कक्षा संचालन गर्ने निर्णय गरिएको छ । कक्षा संचालन गर्न दिइने निर्णय ठुला कक्षाका ल
धरान । स्वास्थ्य क्षेत्रका माफिया विरुद्ध सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग प्रति समर्थन जनाउँदै आन्दोलनमा रहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले आन्दोलनको कार्यक्रम फिर्ता लिदै काममा फर्किएका छन् । डा. केसीको मागलाई सम्बोधन गर्न विहिबार देखि सरकार पक्षले वार्ता जारी राखेकाले आन्दोलन फिर्ता लिए पनि कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ । न्याम्स कोठमाण्डौं, त्रिवि शिक्षण अस्पताल महाराजगंजका जुनियर रेसिडेन्ट स
धरान । नजिकिदै गरेको चाडपर्वमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते देखि साँझ ८ बजे सम्म मात्र बजार, पसल तथा व्यवसाय संचालन गर्ने निर्णय गरेको छ । जिल्लाको सुरक्षा समितीको बैठकले २५ गते देखि साँझ ८ बजे पछि सम्पुर्ण बजार बन्द गर्ने निर्णय गर्दै खुल्ला स्थानमा हुने हाटबजारहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै संचालन गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड नपनाए कानुन बमोजिम कारवाही गरिने समेत निर्णय भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अ