समाचार

    Showing 6,731-6,740 of 10,042 items.
  • सरकार परिवर्तनको प्रभाव: काँकडभिट्टा–इनरुवा रेलमार्ग मुआब्जामा अन्योल

    धरान/ अघिल्लो सरकारले शुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले निरन्तरता नदिएपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा विवाद अन्योलमा परेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको थियो । काँकडभिट्टादेखि इनरुवासम्म रेलमार्गको काम पनि अघि बढ्न लाग्दा मुआब्जा विवादले रोकिएको थियो । सो कामलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा अन्योलमा परेको हो । प्रदेश एकका सुनसरी, मोरङ र झापा गरी तीनवटा जिल्लामा रेल गुडाउने योजनासहित अघि बढेको काँकडभिट्टा–इनरुवा रेलमार्गमा उत्पन्न मुआब्जा बिवाद गत असार मसान्तभित्रै टुङ्गिनुपर्ने भए पनि सरकार परिवर्तनले

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 850 पटक पढिएको
    • "दिनेश गजमेर"
  • लागूऔषधसहित दुईजना पक्राउ

    धरान/ लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको मेचीनगर नगरपालिका–१० बाट दुईजनालाई पक्राउ गरेको छ । मेचीनगर–१० का ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर–९ का ४४ वर्षीय सञ्जय खड्कालाई आइतबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । धुलाबारीको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बेलुका साढे ४ बजे प्रसाईंको घरमा भान्सा कोठाभित्र बसिरहेको अवस्थामा उनीहरूलाई ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान र नगद १९ हजार ५ सय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल शुल्क प्रकरण: आन्दोलन दबाउन कलेजद्वारा आक्रमण

    धरान/  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ । गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो । झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 931 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • सुनाखरी एकेडेमीका विद्यार्थीलाई प्रतिवेदन लेखनसम्बन्धी अभिमुखीकरण

    धरान/  धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रा

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसदलाई बन्धक बनाउन पाइदैन महामन्त्री :शर्मा

    इलाम/ राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ, यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिन्दैन ।’ एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको बताए । शर्माले कुनै अथोरेटीले गरेको निर्णयमा असहमति राख्न पाइने भएपनि त्यसलाई मान्नुपर्ने बताए । एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उन

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 950 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • महामानव बनेर करौडौंको ठगी

    धरान/ धरान ८ का सिताराम मल्ल १३ वर्ष अघि आफन्तलाई झारफुक गर्न टिका प्रसाद विश्वकर्माको शिवसेवा केन्द्रमा पुगेका थिए । आफुलाई महामानव बताउँदै अलौकिक शक्ति रहेको दाबी गरेका विश्वकर्माबाट प्रभावित भएर उनले लाखौं रुपैया चढाए । विश्वकर्माको प्रभावमा परेर उनले करिब १४ लाख रुपैया सिध्याए । अहिले विश्वकर्माको ठगि धन्दा रहेको थाहा पाए पछि न्यायका लागि भौतारिएका छन् । त्यसै गरी धरान १६ की सरिता लामिछाने पनि आफू बिरामी भएर विश्वकर्माकोमा झारफुक गर्ने क्रममा पुगेकी थिइन् । उनी पनि विभिन्न बहानामा ठगीएकी छिन् । धरान १० का पटेल सिंह पनि आफ्नो श्रीमती बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माबाट ठगीएको

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 1,149 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल शुल्क प्रकरण: एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न निर्देशन

    धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलन चर्किएको नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न मोरङका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् । विहिबार आन्दोलनरत विद्यार्थी, विद्यार्थी संगठन, नोबेल मेडिकल कलेजका प्रतिनिधि बिच प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा प्रजिअ काशीराज दाहालले अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न निर्देशन दिएका हुन् ।  छलफलका क्रममा नोबेल मेडिकल कलेजका प्रतिनिधिहरुले निर्णय गर्ने अधिकार कलेज संचालक शुनिल शर्मालाई मात्र रहेको बताए पछि अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न भनिएको हो । कल

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,485 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • शिवानीको प्रस्तुती आज वगरकोटमा

    धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् ।  खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए । उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फर

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजय वाम्बुलेको ‘किराती हामी’ सार्वजनिक

    धरान/ धरानका उदीयमान गायक विजय वाम्बुले राईको स्वर रहेको ‘किराती हामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।किराती संस्कारमा आधारित रहेर तयार गरिएको म्युजिक भिडियोको बुधबार एक कार्यक्रम बिच चर्चित गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन् । साकेला सिलिमा गाइएको ‘किराती हामी’ गितले किरातीहरुको संस्कृतिलाई जोगाउन टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गायक फोम्बेले बताए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन्

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पर्यटनको चर्चा: ‘चारकोशे जंगल बाहिर प्रचार भएन’

    धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् । स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।&r

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,328 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved