सरकार परिवर्तनको प्रभाव: काँकडभिट्टा–इनरुवा रेलमार्ग मुआब्जामा अन्योल

  • पुष २७, २०७८
  • दिनेश गजमेर
alt

धरान/ अघिल्लो सरकारले शुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले निरन्तरता नदिएपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा विवाद अन्योलमा परेको छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको थियो । काँकडभिट्टादेखि इनरुवासम्म रेलमार्गको काम पनि अघि बढ्न लाग्दा मुआब्जा विवादले रोकिएको थियो । सो कामलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा अन्योलमा परेको हो । प्रदेश एकका सुनसरी, मोरङ र झापा गरी तीनवटा जिल्लामा रेल गुडाउने योजनासहित अघि बढेको काँकडभिट्टा–इनरुवा रेलमार्गमा उत्पन्न मुआब्जा बिवाद गत असार मसान्तभित्रै टुङ्गिनुपर्ने भए पनि सरकार परिवर्तनले अन्योलमा परेको हो । रेगमार्ग योजना वर्तमान सरकारको प्राथमिकतामा नपर्दा मुआब्जा विवादको समाधान प्रभावित बनेको हो ।

काँकडभिट्टा–इनरुवा विद्युतीय रेलमार्ग मुआब्जा निर्धारण समितिका संयोजकसमेत रहेका झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको गत जेठमा भएको संयुक्त भर्चुअल बैठकले असार मसान्तभित्र मुआब्जा बिवाद टुङ्गोमा पु¥याउने निर्णय गरेको थियो । यसका लागि समितिले सबै तयारी गरे पनि रेल विभागले अहिलेसम्म कुनै निर्देशन नदिएकोले प्रक्रिया अघि नबढेको समितिका संयोजक श्रवणकुमार तिमल्सिनाले बताए । ‘हामीले सबै काम सकिसकेका छौँ’, उनले भने, ‘तर रेल आयोगले निर्देशन दिएको छैन, हामीले कसरी काम अघि बढाउने ?’ निर्णय कार्यान्वयन गर्न निर्देशन आए प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

काँकडभिट्टा–इनरुवा रेलमार्गमा मुआब्जा समस्या यथावत् छ । विभागले मुआब्जा निर्धारण गर्न निर्देशन दिए सबै तयारी अवस्थामा रहेको उनको भनाइ छ । विभाग मुआब्जाका लागि बजेट सुनिश्चित गर्न लागेको कारण ढिलाइ भएको हुनसक्ने तिमल्सिना बताउँछन् ।

झापाका ६ पालिकाका १ हजार १ सय ६१ बिघा जग्गा रेल क्षेत्रमा परेको छ भने मोरङमा २ सय ३१ बिघा १० कट्ठा जमीन रेल क्षेत्रले ओगटेको छ । मुआब्जा विवाद समाधानतर्पm अन्तिम चरणमा पुगेकोले आगामी साउनको पहिलो साता काम शुरू गरिने उनले बताए । त्यस्तै, सुनसरीमा भने जग्गामा विवाद भएपछि काम अघि बढ्न सकेको छैन । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकडभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६ सय ७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।

रेल विभागका अनुसार काँकडभिट्टा–इनरुवा खण्डमा रेलमार्ग निर्माण गर्न झापामा ३ सय ३७ बिघा, मोरङमा २ सय ३१ बिघा १० कट्ठा र सुनसरीमा १ सय ४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गरिएको छ । सुनसरीको इनरूवादेखि इटहरी र मोरङ हुँदै झापाको काँकडभिट्टासम्म करीब १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि कुल ९० अर्ब रुपैयाँको लागत अनुमान गरिएको थियो । यसका लागि सरकारले अघिल्लो वर्ष नै ५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको थियो ।

दमकस्थित रेल विभाग योजना कार्यालयका इन्जिनियर बोधप्रसाद भण्डारीका अनुसार जग्गा ‘डिमार्केशन’ का लागि ठेक्का लागिसकेको छ । माग गरेअनुसार बजेट नआउँदा काममा ढिलाइ भएको उनको भनाइ छ । अहिले डिमार्केशनको काम अघि बढाइएको भण्डारीले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved