शिवानीको प्रस्तुती आज वगरकोटमा

  • पुस २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् । 

खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए ।

उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फराओ व्याण्ड ल्याएको थियो ।’ अंग्रेजी नयाँ वर्षको समय प्रायः दिनहुँ जसो वगरकोटको वारहरुमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको उनले वताए ।

सिवानि अन्तरा व्याण्ड सहित प्रस्तुतिका लागि आएकी हुन् । साँझ सात वजे देखि सुरु हुने सांगितिक कार्यक्रममा सिवानिले प्रस्तुति दिनु अघि उनको अन्तरा व्याण्डले कभर गितहरु गाउने छन् । सांगितिक माहौलमा रमाउन आउने दर्शकहरुको सुविधाका लागि एमएचले टेवल वुकि¨ खुला गरेका छन् ।
बगरकोटको वारहरुमा स्थानीय ब्याण्डहरुको दैनिक लाइभ म्युजिक प्रस्तुति हुने अध्यक्ष मेन्या¨वोले वताउँछन् । व्यवसायीक रुपमा उनीहरुकोे प्रस्तुतिले धरानका कलाकारहरुको प्रतिभा विकासमा समेत सहयोग पुगिरहेको मेन्या¨वोले वताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved