नोबेल शुल्क प्रकरण: एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न निर्देशन

  • पुष २२, २०७८
  • सन्जोगबाबु दाहाल
alt

धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलन चर्किएको नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न मोरङका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।

विहिबार आन्दोलनरत विद्यार्थी, विद्यार्थी संगठन, नोबेल मेडिकल कलेजका प्रतिनिधि बिच प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा प्रजिअ काशीराज दाहालले अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न निर्देशन दिएका हुन् ।

269979472_427375402183172_5901487962354889040_n 269858518_403393428243169_4330500566129558092_n 269927607_460125095832333_2143757679144214661_n 270031674_650923385950495_374814299345143550_n

 छलफलका क्रममा नोबेल मेडिकल कलेजका प्रतिनिधिहरुले निर्णय गर्ने अधिकार कलेज संचालक शुनिल शर्मालाई मात्र रहेको बताए पछि अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न भनिएको हो ।
कलेजमा अध्ययन गरीरहेका १५ औं ब्याचका १ सय विद्यार्थीहरु मध्ये करिब २० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । उनीहरुको कक्षा पनि बन्द गर्ने निर्णय भएको अनेरास्ववीयु मोरङका नेता तुलसी घिमिरेले बताए । छलफलमा सहभागी समेत रहेका घिमिरेले कलेजले सूचना जारी गरी अर्को निर्णय नहुन्जेल सम्म अध्यापन बन्द नगरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
त्यस्तै प्रजिअ दाहालले समेत निर्णय विपरित गएर कक्षा सञ्चालन गरेमा कार्वाहीका लागी प्रहरीलाई पत्र लेखी पठाइने बताएका छन् ।

4cea13df-9bf2-4d33-b2e6-b135a56bfa74 346f32a1-4a51-495c-af80-22aea29da58e 3b56d726-17fb-43af-b7c1-903b00b81c4f d43d90e3-2aab-424c-8ffc-705a6e86db40 6143829c-3735-418f-b49e-9090d905b435

छलफलकै क्रममा नोबेलका एक कर्मचारीले हुलदुंगा गरेका थिए । गुण्डा पठाएर छलफललाई बिथोल्न खोजेको विद्यार्थी नेता घिमिरेले आरोप लगाएका छन् । नोबेलले आफूहरुले कुनैपनि मान्छेलाई नबोलाएको बताइरहँदा बैठकहलमा प्रवेश गरेका व्यक्तिको साथबाट नोबेलकै कर्मचारी भएको परिचयपत्र फेला परेको थियो । विद्यार्थीहरुले कलेजमा बुधबार देखी नै अनिश्चितकालका लागी तालाबन्दी समेत गरेका छन् ।

bea8b8f9-1931-4d85-bd3d-ea83cfb35af9

बैठकहलमा प्रवेश गरेका व्यक्तीको साथबाट फेला परेको परिचयपत्र ।

 अतिरिक्त शुल्क असुल्न खोजेपछि विद्यार्थी र अभिभावकहरुले एक साता यता नोबेल प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीय प्रशासनमा समेत ज्ञापन पत्र बुझाएका थिए ।
अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरुलाई सुरक्षागार्ड लगाएर कक्षा कोठा पुग्नबाटै रोक्दै आएको थियो । विद्यार्थी नेता नवीन पहाडीले आयोगले तोकेको भन्दा बढी शुल्क नलिन र लिएको रकम चाडै फिर्ता गरेर विद्यार्थीहरुलाई अध्ययनका लागी सहज वतावरण सिर्जना नगरे थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved