धरानमा पर्यटनको चर्चा: ‘चारकोशे जंगल बाहिर प्रचार भएन’

  • पुष २२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् ।

स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।’ अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पर्यटनकर्मी मगरले धरानले प्रचार गर्ने प्रयास नगर्दा धरानको नकारात्मक छविलाई उजिल्याउन नसकेको बताईन् ।

पूर्वाधारका थुप्रै कामहरु तत्काल र दिर्घकालको आवश्यकता अनुसार हुनु पर्ने उनको भनाई छ । उनले भनिन्, ‘सबै पूर्वाधारहरु स्थानीय निकायले र सरकारले मात्र पनि निर्माण गर्न सम्भव हुदैन, त्यसैले नगरले उपल्लो तहस“ग समन्वय गरेर नीजि क्षेत्रलाई अघि बढाएको प्रोजेक्टहरुमा साझेदारी गराउने कार्यको थालनीमा पहल गर्नुपर्ने देखिन्छ, यसले हाम्रा योजनाहरु चा“डै सम्पन्न हुन्छन्, साथै व्यवसायिक रुपमा अघि बढ्छ ।’

दिगो आर्थिक समृद्धिको आधार हाम्रो चाहना हो भने पर्यटनलाई आधार बनाएर लाग्नुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘धरानलाई पर्यटनको हब बनाउने गुरुयोजनाका साथ पाइला चाल्नुपर्छ, यहाँ पर्यटक आकर्षित गर्ने तत्वहरु प्रायः सबै विद्यमान् छन्, यसका वरिपरि पर्यटकीय गन्तव्यहरु छन्, यो पूर्वको पर्यटनको हव बन्न सक्ने आधार समेत देखिन्छ ।’

धरानमा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई हिमालमा आधारित पर्यटन व्यवसाय गर्न प्रेरित गर्ने हो भने “एलाइट” पर्यटकको आवागमन धरानमा हुने उनको दाबी छ । जसले धरानको पर्यटनको आम्दानीको आर्थिक सूचाङ्क माथि उठाउन सक्ने उनी बताउँछिन् । धरान वरिपरिका ऐतिहासिक र रमणीयस्थललाई पर्यटकीय प्रोडक्ट बनाउन सकिने सम्भावनाहरु रहेको उनले बताईन् । धरानमा पर्यटनमैत्री वातावरण नहुनु प्रमुख समस्या रहेको उनको भनाई छ ।

कार्यक्रममा व्यवसायी कृष्ण कुमार अग्रवालले शैक्षिक, खेलकुद लगायतका अन्य क्षेत्रको माध्यमबाट पनि पर्यटन विकाश गर्न सकिने बताए । उद्योग व्यवसायको नाममा धरानले आफ्नो अस्तित्व खोजिरहेको बताए । आर्थिक र पर्यटन विकाशलाई साथमा लिएर अघि बढ्नु पर्ने उनी बताउँछन् ।

त्यसै गरि पर्यटकीय गन्तव्यको रुपमा चारकोशे झाडिलाई जंगल सफारीको रुपमा अघि बढाउन सकिने इष्ट टुरिज्म मार्टका संयोजक मनिष श्रेष्ठको भनाई छ । उनले भने, प्याराग्लाईडिङ, र्याफ्टिङ लगायतका अन्य पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको ठम्याई छ । पर्यटन व्यवसायी र उपमहानगर बिच एकता हुनुपर्ने उनी बताउँछन् ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved