मोरङ/ जातिय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडी नै कुटपिट गरेको भन्दै न्यायको माग गर्दै आएका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ । २३ कात्र्तिकमा सुनसरीको दुहबी स्थित ईलाका प्रहरी अगाडी मरणासन्न हुने गरि कुटपिटमा परेपछि न्यायका लागि भौतारिरहेका नगरपालिका ५ की ७० बर्षिया लक्ष्मी परियार र उनकी छोरी ४० बर्षिया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो । अहिले प्रहरीले उनीहरुलाई २३ कार्तिकमा बृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपीहरु भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएक
धरान। मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । पछि आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा
धरान । फोटो पत्रकारिताको माध्यमबाट समाजलाई शुसुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको छ । प्रशिक्षणमा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपराज वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका
धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप
धरान । प्रदेश एक सरकारले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्न लागेको भन्दै एमालेले विरोध जनाएको छ । एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालय फुटाएर आर्थिक व्ययभार बढाउने कुकृत्यको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । घाटा बजेटमा चलेको प्रदेश सरकारले ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णयको औचित्य पुष्टि गर्नुपर्ने एमालेको माग छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट पारित महत्वपूर्ण योजनाहरू खारेज गरिएको र सयौँ आयोजनाहरूमा विनियोजित रकम कटौती गरेर मन्त्राल
धरान/ जिल्ला प्रशासन कार्यालयले चालु आ.व. ७८÷७९ पुस मसान्त सम्ममा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको छ ।कार्यालयले चालु अर्थिक वर्षको श्रावण महिनामा १ हजार ७ सय ७२, भाद्रमा २ हजार दुई सय ६, असोजमा १ हजार ५ सय ६०, कार्तिकमा १ हजार ४ सय १८ मंसिरमा १ हजार ९ सय ९१ र पौष महिनामा ३ हजार १ सय ८४ गरी जम्मा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको हो । त्यस्तै कार्यालयले ७ हजार ७ सय ३८ थान नागरिकताका प्रतिलिपि जारी गरेको छ । चालु आ.व.को पहिलो ६ महिनामा मात्र कुल २ सय १८ वटा मुद्धा दर्ता भएका छन् भने सोही अवधिमा १ सय ७६ वटा मुद्धा फछर्यौट भएका छन् । प्रशासनले जारी गरेको प्रगत
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तयार गराउन ढिलाई भएको छ । समितिका पूर्व अध्यक्ष खड्ग बहादुर कार्कीले आफ्नो कार्यकालको चुस्त हिसाब किताब देखाउन नसकेकाले लेखापरीक्षण गराउन अबरोध भएको समितिका वर्तमान अध्यक्ष पर्शुराम काफ्लेले बताए । जडिबुटी प्रशोधन मेसिन खरिद गर्दा अनियमितता भएको, बोटविरुवा वृक्षारोपण गराउने क्रममा र आय व्ययका बिल भौचरहरु माथि विश्वासनियता नदेखिएको समेत अध्यक्ष काफ्लेले आरोप लगाए । २ वर्षअघि तेलपेल्ने मेसिनको कम्पनी दर ५ लाख रहेको तर उक्त मेसिन ९ लाख बराबरको मूल्
धरान/ प्रेस सेन्टर नेपालको सुनसरी समन्वय समितिले संगठनको १८ औँ स्थापना दिवस शनिबार ज्येष्ठ नागरिकहरूलाई खीर खुवाएर मनाएको छ । इटहरी १६ स्थित पकलीको रामजानकी शान्ति वृद्धाश्रममा खीर पकाएर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई खुवाइएको सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूलाई फलपूmल पनि वितरण गरिएको थियो । वृद्धाश्रममा १३ जना आमाहरू छन् । सो अवसरमा त्यहाँ आपसमा शुभकामना पनि आदान–प्रदान गरिएको थियो । अवसरमा वृद्धाश्रममै आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, पार्टीका प्रदेश न. १
मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् । उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भ
धरान । धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार गर्दै खेलकुद पर्या पर्यटनको रुपमा विकाश गरिने भएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुना रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो । उदय सामुदायिक वनमा रहेको कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण सँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले वताए । कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवल र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्र