धरान । फोटो पत्रकारिताको माध्यमबाट समाजलाई शुसुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण दिएको छ ।
प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको छ । प्रशिक्षणमा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपराज वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजिकरण गरेका थिए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । पत्रकारहरुको दक्षताका लागि तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताए ।