मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् ।
उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए ।
मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्डले व्यवस्थापन प्लस २ तर्फको परिणाममा देशभरिमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । मेरिल्याण्ड देशकै र प्रदेशकै व्यवस्थापन शिक्षामा अग्रणी शैक्षिक संस्थामा रुपमा मानिन्छ ।