उदय सामुदायीक वनलाई पर्यापर्यटनमा विकास गरिने

  • माघ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार गर्दै खेलकुद पर्या पर्यटनको रुपमा विकाश गरिने भएको छ ।
सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुना रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो ।

उदय सामुदायिक वनमा रहेको कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण सँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले वताए ।
कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवल र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्रो, एक्सरसाइज, वाक र रनिङ गर्ने स्थल लगायतको निर्माण गर्ने योजना रहेको वन समुहका सचिव लहरुमाया जिमिले बताईन् । उनका अनुसार योजनाले उपभोक्ता वन समुदायीकको सामाजिक उत्तरदायीत्व पनि निर्वाह हुने, आसपास क्षेत्रको खेल विकास हुने, स्थानीय युवाहरुलाई खेल क्षेत्रमा आकर्षण गरि कुलतमा फस्न रोकिने र वन उपभोक्ता समुहको आयस्रोतमा समेतमा टेवा पुग्नेछन ।

कर्भडहल मर्मत संभारका लागि शुक्रवार उदय वन उपभोक्ता समुहको कार्यलयमा भेलाको आयोजना गरि आर्थिक उपसमिति समेत निर्माण गरिएको छ । समुहका अध्यक्ष जसकुमार राईको संयोजकमा नौ जनाको उपसमित वनेको छ । सचिवमा लहरुमाया जिमि, कोषाध्यक्ष मनोेज विष्ट र सदस्यहरुमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रहेको छ ।

समितिले वैशाख भित्रमा मर्मतसंभारको कार्य सक्ने पहिलो वैठकवाट निर्णय गरेका छन । कर्भडहल काठैकाठले वनिएकोले यसलाई मक्किन नदिन तथा हलको आयु वढाउनलाई पहिलो प्राथामिकतामा वाहिरी र भित्रि भागमा रंगरोगन गर्ने र टुटफुट भएकाहरुको मर्मत गर्ने जनाएको छ । यसकोे लागि करिव पाँच लाख रुपैया लागत लाग्ने समितिका कोषाध्यक्ष मनोज विष्टले भेलालाई जानकारी गराए । अनुमानि लागत वन समुहका सदस्य, स्थानीय निकाय, धरान १७ न. वडाका विभिन्न संघसंस्था एवं इच्छुक सहयोगी जनसमुदायहरुवाट संकलन गरिने समितिका कोषाध्यक्ष विष्टले जनाए । भेलामा समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद दश हजार रुपैया समितिका संयोजक जसकुमार राई र सचिव लहरुमाया जिमिलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved