धरानमा कांग्रेसको सक्रियता बढ्यो "वडास्तरमा पार्टीको संगठन विस्तार गर्न व्यस्त"

  • माघ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ ।

सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ ।

कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरपालिका अन्तर्गतका २० वटै वडाका विभिन्न टोलहरुमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गरिने बताए । उनका अनुसार हालसम्म वडा नं. ५, ८ र १५ मा टोल कमिटी विस्तार अभियान सम्पन्न भएको छ । उनले फागुन मसान्तभित्र धरानमा टोल कमिटी विस्तार गरिसक्ने बताए । पार्टीलाई जनस्तरमा बलियो तथा मजबुत बनाउन नेपाली कांग्रेस धरानले सक्रियता बढाएको उनले जानकारी दिए ।

साथै, सचिव श्रेष्ठले आउँदै गरेको निर्वाचनमा पार्टीलाई सफल बनाउनका निम्ति टोल टोलमा पुगेर संगठन विस्तार गर्न थालिएको बताए ।

 

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved