न्याय खोज्दा उल्टै अभद्र व्यवहारको मुद्धा

  • माघ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फोटो ःन्याय खोज्दा उल्टै अभद्र व्यवहारको मुद्दा भोगिरहेका आमा छोरी ।

मोरङ/ जातिय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडी नै कुटपिट गरेको भन्दै न्यायको माग गर्दै आएका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ ।
२३ कात्र्तिकमा सुनसरीको दुहबी स्थित ईलाका प्रहरी अगाडी मरणासन्न हुने गरि कुटपिटमा परेपछि न्यायका लागि भौतारिरहेका नगरपालिका ५ की ७० बर्षिया लक्ष्मी परियार र उनकी छोरी ४० बर्षिया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो ।

अहिले प्रहरीले उनीहरुलाई २३ कार्तिकमा बृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपीहरु भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएको छ ।

ईप्रका दुहबीका निमित्त प्रमुख सई बिक्रम दहालले दुहबी ५ का ६५ बर्षिय टिकाराम कार्कीले आफुलाई कुटपिट र अभद्र व्यवहार गरेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीमा दिएको किटानी जाहेरी अनुसार फरार रहेका आमाछोरीलाई १६ माघमा पक्राउ गरेर चार दिन म्याद थप गराएको बताए ।
यता सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला सहन्यायधिबक्त्ता गणेश सापकोटाले दुहबी प्रहरीले घटना भएकै समयमा दर्ता भएको उजुरीका फरार आरोपीहरुलाई पक्राउ गरेर अदालतमा म्यादथप गराएको जानकारी दिए ।

पुरानो वेईज्जतीको बदला लिन पुर्व प्रहरीबाट झुठो मुद्दा दर्ता
पिडित आमाछोरी र प्रत्यक्षदर्शीहरुका अनुसार तीन महिना अघि जाहेरवाला टिकारामले उल्टै मादक पदार्थ सेवन गरेर दलित बृद्धा लक्ष्मीकी छोरी आरतीमाथि यौन शोषण गर्न खोज्दा उनीहरुले आफनो ईज्जतको ख्याल गर्नु भन्दै सम्झाएर पठाएका थिए । तर कार्कीले उल्टै आफुमाथि अभद्र व्यवहार गरेको भन्दै आमाछोरी बिरुद्ध दुहबी प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका थिए । तत्काल प्रहरीले आमाछोरी सहित दुबै पक्षलाई बोलाएर सम्झाएर पठाएको थियो ।

तर प्रहरीले तत्काल आमा छोरीलाई पक्राउ गरेर हिरासतमा नराखेको र उल्टै दोषी हुुनुपरेको झोंकमा टिकारामका छोराहरु दुहबी नगरपालिका ४ का ३९ बर्षिय रोशन कार्की उनका भाई ३५ बर्षिय रबि कार्की र ज्वाई, ३२ बर्षिय सन्तोष कर्ण लगायतले २३ कार्तिकमा ईप्रका दुहबीकै अगाडी जातिय गालीगलौज गर्दै लछापछार पारेर अमानविय कुटपिट गरेर गम्भिर घाइते बनाएका थिए । कुटपिटबाट गम्भिर घाइते भएका बृद्धा लक्ष्मी र उनकी छोरी आफनै खर्चले उपचार गरेर हप्तौपछि अस्पतालबाट डिस्र्चाज भएका थिए । उपचारमा उनीहरुको एक लाख रुपैया भन्दा बढि खर्च भएको थियो ।

फरार थिएनन घरमै बसेर न्याका लागि संघर्ष गरिरहेका थिए
तत्काल खुलेआम दलित एकल बृद्ध महिला र उनकी छोरीलाई कुटपिट गर्दा प्रहरीले कसैलाई पनि पक्राउ गरेन र जाहेरी पनि लिन मानेन । यसैले उनीहरुले अमानविय उत्पिडन गर्नेलाई कानुनी कार्वाही माग गर्दै जातिय विभेद छुवाछुत कसुर र ज्यान मार्ने उद्योगमा सरकारी वकिल कार्यालय सुनसरीमा ८ मसिरमा जाहेरी दर्ता गराएका थिए । र सरकारी वकिलको निर्देशन अनुसार ९ मसिरमा ईप्रका दुहबीले बल्ल उत्पिडन गर्ने तीन जना आरोपीहरु बिरुद्ध मुद्दा दर्ता गराएको थियो । तर मुद्दा दर्ता गरेपनि प्रहरीले आरोपीहरुलाई पक्राउ गरेन । यसैले अभियुक्तहरुलाई पक्राउ गर्न माग गर्दै दलित अधिकारकर्मी र संस्थाहरुको सहयोगमा आमाछोरीले न्यायिक संघर्ष थालेका थिए । प्रहरीकै अगाडी गैरदलित पुरुषहरुबाट निर्घात मरणासन्न कुटिएका उनीहरु आफै पिडित भएकोले फरार भएकै थिएनन । बरु उनीहरु उपचारपछि घरमै बसेर न्यायका लागि संघर्ष गरिरहेका थिए ।

झुठो मुद्दा लगाउनेलाई कानुनी कार्वाही गर्न माग
आमाछोरीलाई न्यायका लागि संहयोग गर्दै आएका अधिकारकर्मी प्रेमप्रकाश दियालीले अमानविय उत्पिडनमा परका दलित आमाछोरीलाई तीन महिनापछि झुठो मुद्दा दर्ता गराएर थप ज्यादती गर्ने विरुद्ध प्रहरी प्रशासनले अनुसन्धान गरेर फौजदारी संहिता अनुसार कार्वाही गर्नुपर्ने बताए । दियालीले भने, ‘यो त पञ्चायत भन्दा पनि निरंकुश व्यवस्थाको चरित्र प्रदर्शन भयो न्यायका लागि सघर्ष गर्दा उल्टै हिरासतमा कोचिनुपर्ने कहाँसम्मको न्याय हो यो ?’

यसैगरि अमानविय उत्पिडनमा परका दलित गरिब आमाछोरीलाई न्याय दिलाउन सहयोग गर्नुको साटो उल्टै झुठो मुद्दा लगाएर थप अन्याय गरेको भन्दै प्रदेश १ भरिका दलित अधिकारकर्मीहरुले विरोध गरेका छन । बिभिन्न एक सय भन्दा बढी दलित संघसस्थाहरुले न्यायका लागि संघर्ष गर्दा उल्टै प्रहरीलाई प्रलोभनमा पारि पहुँच प्रयोग गरेर झुठो मुद्दा लगाउनेहरु सबैलाई छानविन गरेर कानुन अनुसार कार्वाही हुनुपर्ने माग गरेका छन ।

कानुनी कार्वाही नभए न्यायका लागि शसक्त्त संघर्ष थाल्न बाध्य हुने दलितहरुले चेतावनी पनि दिएका छन । क्रेज नेपालका अध्यक्ष गोपाल नेपालीले भने , ‘यो त जंगे युगको भन्दा पनि बर्वर अन्याय भयो बिधिको शासनमा यस्तो हुनु अन्यायको पराकाष्ठा हो यसैले झुठो मुद्दा लगाउनेहरुलाई का कार्वाही हुनैपर्छ नत्र हामी शसक्त सघर्ष गर्न बाध्य हुनेछौ ।’

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved