जनजागृति सामुदायिक वनमा अनियमितता : पूर्व अध्यक्षले हिसाब नमिलाउँदा लेखापरीक्षण गर्न अबरोध

  • माघ १७, २०७८
  • "लक्ष्मण कटुवाल"
alt

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तयार गराउन ढिलाई भएको छ । समितिका पूर्व अध्यक्ष खड्ग बहादुर कार्कीले आफ्नो कार्यकालको चुस्त हिसाब किताब देखाउन नसकेकाले लेखापरीक्षण गराउन अबरोध भएको समितिका वर्तमान अध्यक्ष पर्शुराम काफ्लेले बताए ।

जडिबुटी प्रशोधन मेसिन खरिद गर्दा अनियमितता भएको, बोटविरुवा वृक्षारोपण गराउने क्रममा र आय व्ययका बिल भौचरहरु माथि विश्वासनियता नदेखिएको समेत अध्यक्ष काफ्लेले आरोप लगाए । २ वर्षअघि तेलपेल्ने मेसिनको कम्पनी दर ५ लाख रहेको तर उक्त मेसिन ९ लाख बराबरको मूल्यमा खरिद गरिएको बिल भएकाले मेसिनमाथि खरिद गरेको सहि तथ्य निकाल्न उपभोक्ता समितिले छानबिन तथा अनुगमन समिति बनाएको थियो । समितीले छानबिन गर्न सुरु गरेको थियो । तर मेसिन खरिद गराइदिने भरत वस्नेतले सत्यतथ्य जानकारी दिन नखोजेकाले उक्त कार्य पूर्णरुपमा सम्पन्न हुन नसकेको छानबिन समितिका संयोजक युवराज कट्वालले बताए । उनले भने, ‘मेसिनका बारेमा बुझ्न र छलफल गर्न पटक पटक खबर गरे पनि आफ्नो कामको व्यस्तता देखाएर भेट गर्न वस्नेतले नखोजेको हो ।’

आर्थिक हिनामिना भएको आशंकाले अध्यक्ष काफ्लेले पाँच सदस्यीय समाजिक लेखापरीक्षण समिति बनाएका थिए । समितीले बिल भर्पाईमाथि परीक्षण कार्य सुरु गराएका छन् । सामाजिक लेखापरीक्षण समितिले १९ वटा जति बिल भर्पाई शुद्ध नरहेरी प्रतिवेदन पेश गरेको समेत अध्यक्ष काफ्लेले बताए । छलफल गर्न बोलाउदा पनि कार्कीले बहानाबाजि गरेको उनले बताए ।

१ महिना अगावै सामाजिक लेखापरीक्षण समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न पूर्व अध्यक्ष खड्ग बहादुर कार्की, सचिव गणेश विष्ट, टोल अध्यक्षहरु, लेखा समितिका संयोजक शम्भु कुमार श्रेष्ठ, सामाजिक लेखापरीक्षण समितिका पाँच सदस्य लगायतको उपस्थितीमा छलफल भएको थियो । तर कार्कीले सही निर्णय दिन नसकी बाहानाबाजी गर्दै बिनानिर्णय छलफल टुङ्गिएको अध्यक्ष काफ्लेले बताए ।

यता पुर्व अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा सहि कार्य गरेको र उपभोक्तालाई पनि खुसी राखेकाले आरोप लगाइएको बताए । कुनै गल्ति नगरेको कार्कीको दाबी छ । कार्की भन्छन्, ‘लकडाउनको समयमा सबैलाई जानकारी गराउन नपाएको र मेसिन ल्याइ हाल्नु पर्ने भएकाले भरत वस्नेत सित सम्पर्क गरि उनले मेसिन यहाँ सम्म ल्याइदिएका हुन् तर हामीले कम्पनीसित सम्पर्क राखेनौँ ।’
कार्की अध्यक्ष हुँदा देखिको तलब लिन नपाएको वन हेरालु भिमदल माझीले बताए । उनले भने, ‘उनले भने लेखापरीक्षण हिसाबकिताबमा देखाए पनि देखाइएको रकम हामीले प्राप्त गर्न सकेका छैनौँ ।’
वर्तमान अध्यक्ष काफ्लेले हिसाब मिलान गराइदिएर यस वर्षको आर्थिक लेखापरीक्षण प्रतिवेदन तयार पार्न सहयोगको अपिल समेत गरेका छन् । सहि र तथ्य हिसाबकिताब राखेर मात्र लेखापरीक्षण गर्न गराउन उपभोक्ताको माग रहेको छ ।

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved