सुनसरीमा छ महिनामा बने १२ हजार १ सय बढी नागरिकता

  • माघ १७, २०७८
  • "सन्जोगबाबु दाहाल"
alt

धरान/ जिल्ला प्रशासन कार्यालयले चालु आ.व. ७८÷७९ पुस मसान्त सम्ममा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको छ ।
कार्यालयले चालु अर्थिक वर्षको श्रावण महिनामा १ हजार ७ सय ७२, भाद्रमा २ हजार दुई सय ६, असोजमा १ हजार ५ सय ६०, कार्तिकमा १ हजार ४ सय १८ मंसिरमा १ हजार ९ सय ९१ र पौष महिनामा ३ हजार १ सय ८४ गरी जम्मा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको हो ।

त्यस्तै कार्यालयले ७ हजार ७ सय ३८ थान नागरिकताका प्रतिलिपि जारी गरेको छ । चालु आ.व.को पहिलो ६ महिनामा मात्र कुल २ सय १८ वटा मुद्धा दर्ता भएका छन् भने सोही अवधिमा १ सय ७६ वटा मुद्धा फछर्यौट भएका छन् ।

प्रशासनले जारी गरेको प्रगति विवरण अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत पछिल्लो ६ महिनाको अवधिमा ४ हजार ४ सय ४५ वटा राहादानीको निवेदन दर्ता भएका छन् भने ७ सय ४७ वटा राहदानी विभागमा सिफारीस गरिएको छ । त्यस्तै ३ हजार ६ सय ६१ थान राहदानी पछिल्लो ६ महिनाको अवधिमा वितरण गरिएको छ ।

त्यस्तै ६ महिनाको अवधिमा प्रशासन मार्फत जम्मा २३ लाख रुपैया बराबरको राहात वितरण गरेको छ भने असहाय एवं विपन्नलाई कम्बल वितरण शुन्य रहेको छ भने र १० जना विपतमा फसेकाको उद्धार गरेको छ ।

यो अवधिमा अनुगमन कार्य भने कम भएको पाइएको छ । चालू आ.व.को पछिल्लो ६ महिनाको अवधिमा असोज र कार्तिक महिनामा १÷१ पटक गरीमा जम्मा दुई पटक मात्र बजार अनुगमन भएको छ भने सार्वजनिक निकायको कार्तिकमा १ पटक पौष महिनामा २ पटक गरेर जम्मा ३ पटकमा अनुगमन भएको पाइएको छ ।

यता विकास आयोजनाको तर्फको अनुगमन भने शुन्य रहेको छ भने सुरक्षा निकायको कार्तिक महिनामा मात्रै १६ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा ५० वटा नयाँ संस्था दर्ता भएका छन् भने २ सय ६० वटा संस्था नविकरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved