समाचार

    Showing 6,191-6,200 of 10,040 items.
  • धरान १९ मा पुनः एमालेका पुर्ण बाहादुर लिम्बू प्यानल सहित विजय

    धरान / धरान वडा नम्बर १९ मा नेकपा ऐमालेका उम्मेदवार पुर्ण बाहादुर लिम्बू वडा अध्यक्षमा पुनः दोहोरिएका छन् । ७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका उनि पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अयोगले दिएको जानकारी अुनसार लिम्बुले ९ सय २८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राज कुमार थोप्रा लिम्बूले ८ सय ४५ मत प्राप्त गरेका थिए । लिम्बू सँगै उनका प्यानलबाट महिला सदस्य झुमा देबि गुरुङले ९ सय ५३ मत दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा ९ सय २७ मत र खुल्ला सदस्यमा लोकेन्द्र राईले ८ सय ८७ मत र जयरत्न थलङ्ग (लिम्बू ) ८ सय ९८ मत प्राप्त गर्दै विजय भ

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धका उम्मेद्वारलाई १ सय ४० मतले उछिने साम्पाङले

    धरान/ धरानमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धका उम्मेद्वार किशोर राईलाई १ सय ४० मतले पछि पारेका छन् । निर्वाचन अयोगले दिएको पछिल्लो जानकारी अनुसार साम्पाङले ८ हजार ८ सय १८ मत प्राप्त गर्दा काँग्रेसका उम्मेद्वार राईले ८ हजार ६ सय ७८ मत प्राप्त गरेका हुन् । त्यस्तै, एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७ हजार ६६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । गठबन्धनबाट उमेयरको उम्मेद्वार बनेका अइन्द्र बेघा ९ हजार ७ सय ४५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने एमालेका उम्मेद्वार पदम लिम्बु ९ हजार ४ सय १ मत प्राप्त गर्दे उनलाई पच्छाइरहेका छन् ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १२ नं. वडाको १ हजार मत गणना गर्दा वडाध्यक्षमा एमाले अगाडी

    धरान/ धरान उपमहानगरपालिको १२ नं. वडाको १ हजार मत गणना गर्दा नेकपा एमालेका उम्मेद्वार अगाडी रहेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका वडाध्यक्ष टंक बहादुर राई १ सय १८ मतले मतान्तर काँग्रेसका उम्मेद्वार भन्दा अगाडी रहेका हुन् । काँग्रेसका उम्मेद्वार ३ सय ७१ मत प्राप्त गरी उनलाई पच्छाइरहेका छन् । त्यस्तै मेयर तर्फ एमालेकी मञ्जु भण्डारीले २ सय ४० मत प्राप्त गर्दा काँग्रेसका किशोर राईले ३ सय ४७ प्राप्त गर्र्र्दै अग्रस्थानमा रहेका छन् । त्यसगरी स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २ सय ८५ मत प्राप्त गरेका छन् । १२ नं. वडामा कुल १ हजार ६ सय ७९ मत खसेको थियो ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,332 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘टुप्पी’ काटिदिएको भन्दै प्रहरीमा उजुरी

    धरान । आफूले ४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन् । मोरङ कटहरी गाउँपालिका ४ घर भइ विराटनर १२ मा बस्दै आएका ५२ वर्षीय मनोज शर्माको कम्मरसम्मको एक फिट लामो ‘टुप्पी’ काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी परेको हो । शर्माको टुप्पी कटहरी गाउँपालिका ४ का फिरोज मियाँले काटिदिएका हुन् । मियाँले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैचीले जवरजस्ती काटिदिएको शर्माको भनाई छ । आफ्नो बारीको पानी तान्ने पम्प चोरी गर्ने फिरोज मियाँले टुप्पी काटिदिएको शर्माको आरोप छ । कटहरी ४

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अभिभावक दिवसमा उत्कृष्ट विद्यालय विद्यार्थीलाई पुरस्कृत

    धरान । भिक्टोरी आवासीय विद्यालयले अभिावक दिवसमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहलाई पुरस्कृत गरेका छ । कार्यक्रममा वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्किृत समेत गरिएको हो । जुनियरतर्फ १ देखि ५कक्षासम्मकै उत्कृष्ट विद्यार्थी एमी पालुङ्गालाई पृरस्कृत गरिएको थियो भने कक्षा ६देखी ७ सम्म सिनियर तर्फ अखिल तिम्सिना पुरस्कृत भएका थिए । यसैगर्री कक्षा ४ का गणेश गुरुङ, कक्षा ७ की प्रतिमा लिम्बु र कक्षा ८ की तान्छोना लिम्बुलाई सर्वाेतकृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । यस्तै विद्यालयमा प्रतिशत उपस्थिति जनाउने जुनियरतर्फ कक्षा २ का जेनिश गुरुङ र सिनियरतर्फ कक्षा ६ का आक

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका १० मध्ये ८ पालिकाको नतिजा: नेम्बाङको गृह नगरमा काग्रेस विजयी

    धरान । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगर इलाममा काँग्रेसका उम्मेद्वार विजयी बनेका छन । नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका केदार थापा र विष्णु दाहाल विजयी बनेका छन । थापाले १३ हजार एकसय ६५ मतका साथ विजयी वने भने उनका निकटतम प्रतिद्धन्द्वी धिरेन चेम्जुङले १० हजार पाँचसय ८७ मत प्राप्त गरे । उपाध्यक्षमा दाहालको १३ हजार पाँचसय ४२ मत आउँदा एमालेकी सिता रिजालको १० हजार ८८ मत आएको थियो । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा एमालेकै उम्मेद्वार विजयी बनेका थिए । १२ वडा रहेको इलाम नगरपालिकामा नेकपा एमालेले २ नं वडा प्यानलै जितेको छ भने ३ नं वडामा वडाध्यक्ष जितेको

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,179 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सूर्य र रुख चुनाव चिन्हलाई लौरोले चुनौति दिँदै

    धरान । स्थानीय निर्वाचन अन्तर्गत धरानमा प्रतिगामीलाई हराउने भन्दै पाँच मिलेर बनेको सत्ता गठबन्धन दल र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरेका सर्वसाधारण पछिल्लो समय स्वतन्त्र उमेद्वार हर्क साम्पाङले दुई दललाई नै चुनौति दिदै अग्रता दिएपछि धरानका सर्वसाधारण आश्चर्यमा परेका छन् । धरानमा लामो समयसम्म कम्युनिष्टल वर्चस्व जमाउदै आएको र एक कार्यकाल नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरको कार्यभार सम्हालिसकेका यी दुई दलबीच नै कडा प्रतिपर्धा हुने भनिए पनि लौरौ चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका हर्क साम्पाङ यी दुवैलाई चुनौति दिंदै अग्रस्थानमा रहेका छन् । यो समाचार तयार पार्दा सम

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशभरका १ सय ७ स्थानीयतहमा नेकपा एमालेको जीत (सूचीसहित)

    धरान/ वैशाख ३० गते देशभर भएको स्थानीयतह निर्वाचनको मत परिणामहरु धमाधम सार्वजनिक भइरहेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले १ सय ७ स्थानीयतहमा जीत हात पारिसकेको छ । यी हुन् नेकपा एमाले विजयी भएका पालिकाहरूः 1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले2. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ 5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ6. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन7. म्याग्द

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ९ मा काँग्रेसको प्यानलै विजयी

    धरान/ धरान ९ नं. वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचन कार्यालयले सोमबार राति १० बजे दिएको जानकारी अनुसार काँग्रेसको प्यानलै विजयी भएको हो । काँग्रेसका रुपेश आचार्यले ८ सय ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवकुमार राईले ५ सय ४६ मत प्राप्त गरेका थिए । रुपेश आचार्यले ३ सय ५१ मतको अन्तरले पछि पार्दै विजय भएका हुन् । यस्तै, महिला सदस्यमा काङ्ग्रेसकै विन्दु अधिकारले ८ सय ३ सय २ दलित महिला अम्विका विसिलम्ले सार्कीले ८ सय ४८ मत र खुला सदस्य शरदरत्न पार्थिवले ७ सय ७९ र कृष्ण वाहादुर कार्की ७ सय ९८ मत प्राप्त गर्दै विजय भएका छन् ।

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १० मा एमालेको प्यानलै विजय

    धरान / धरान १० मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेद्वार विवेक राई ९ सय २४ मत प्राप्त गर्दे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी रुपाले ५ सय ६७ मत प्राप्त गरेकी थिइन् ।वडाध्यक्षमा निर्वाचित भएका विवेक राईले अध्यक्ष भएको खुशियालि आफ्नो बुबालाई सुनाउन नपाउदै उनका पिताको सोमबार दिउँसो निधन भएको छ । उनी यति बेला शोकमा परेका छन । उनका बाबू बुद्धि राजको सोमबार दिउँसो ६१ वर्ष उमेरमा निधन भएको हो ।

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved